close

दक्षिण कोरिया बन्यो नाटो साइबर डिफेन्स सेन्टरको पहिलो एसियाली सदस्य

टेकपाना टेकपाना

बैशाख २५, २०७९ १३:७

दक्षिण कोरिया बन्यो नाटो साइबर डिफेन्स सेन्टरको पहिलो एसियाली सदस्य

काठमाडौं । दक्षिण कोरिया एसियाली देशमै पहिलोपटक उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) मा जोडिएको छ । कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिस (खुफिया एजेन्सी) ले आफू नाटोको साइबर रिसर्च सेन्टरमा जोडिएको जानकारी दिएको हाे ।

सो एजेन्सीका अनुसार दक्षिण कोरियाका साथै क्यानडा र लक्जमबर्गसमेत नाटोको कोअपरेटिभ साइबर डिफेन्स  रिसर्च सेन्टर अफ एक्सिलेन्स (सीसीडीसीओई) मा जोडिएका छन् ।

सीसीडीसीओईले सदस्य राष्ट्रलाई साइबर अनुसन्धान, तालिम तथा प्रयोगमा सहयोग पुर्‍याउँदै आएको छ । नाटो अन्तर्गतको यो समूह २००८ मा सदस्य राष्ट्रहरूद्वारा सुरु गरिएको हो, जसको नेतृत्व इस्टानियाले गरेको थियो ।

यसको उद्देश्य रसियाको साइबर हमलाबाट सदस्य राष्ट्रलाई जोगाउनु हाे । नयाँ सदस्य थप भएसँगै सीसीडीसीओईको सदस्य राष्ट्रको संख्या ३२ पुगको छ । त्यसमध्ये २७ राष्ट्र नाटो सदस्य देश हुन् भने बाँकी पाँच राष्ट्र योगदान गर्ने देशका रुपमा जोडिएका हुन् ।

त्यसमध्ये दक्षिण कोरिया सीसीडीसीओईको सदस्य राष्ट्र भएपनि नाटोको सदस्य भने भएको छैन । दक्षिण कोरियाका अनुसार सीसीडीसीओईको सदस्यका लागि सन् २०१९ देखि नै पहल भइरहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२