close

ट्रुकलरमा यसरी ब्लक गर्नुहोस् स्पाम कल

टेकपाना टेकपाना

जेठ ७, २०७९ १०:१८

ट्रुकलरमा यसरी ब्लक गर्नुहोस् स्पाम कल

काठमाडौं । हामीमध्ये धेरैको फोनमा स्पाम कल बेलाबेलामा आइरहेको हुन्छ । नेपालको सन्दर्भमा भने कुनै व्यक्तिले ई-सेवा, खल्ती वा बैङ्कबाट बोलेको भन्दै सर्वसाधारणको फोनमा आएको ओटीपी कोड लिएर ठगी गरेका घटना सुनिरहेका हुन्छाैं ।

यदि तपाईं ट्रुकलर प्रयोगकर्ता हुनुहुन्छ र त्यसमा आउने स्पाम कललाई ब्लक गर्न चाहनुहुन्छ भने आज हामी त्यसको प्रक्रियाबारे जानकारी दिँदै छौँ ।

तपाईं यदि ट्रुकलर प्रयोगकर्ता हुनुहुन्छ भने त्यसमा आउने स्पाम कल प्रष्ट थाहा पाउन सक्नुहुन्छ । ट्रुकलरमा स्पाम कल आएको खण्डमा कल आएको स्क्रिन रातो देखिन्छ ।

स्प्याम कल ब्लक गर्न ट्रुकलरका विभिन्न उपाय छन् । त्यसमध्ये केही उपायबारे तल उल्लेख गरिएको छ ।

  • सबैभन्दा पहिले ट्रुकलरको होम स्क्रिनमा जानुहोस् ।
  • त्यसपछि त्यसको तलपट्टी दायाँपट्टि ब्लकिङको अप्सन देख्न सक्नुहुन्छ ।

त्यसमा गइसकेपछि तपाईंले कस्ता कल कसरी ब्लक गर्न सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउन सक्नुहुन्छ । त्यस्तै तपाईंले ब्लक गरेका नम्बरको नोटिफिकेसन कसरी अन गर्ने वा अन भएको खण्डमा कसरी हाइड गर्ने भन्ने कुराको पनि जानकारी दिइएको हुन्छ ।

ट्रुकलरमा हुनै विभिन्न अपडेटले एपलाई स्पाम फ्री बनाउँदै लगिरहेका छन् । त्यस्ता केही कल ट्रुकलर आफैंले पत्ता लगाएर त्यसलाई ब्लक गर्ने गर्छ ।

सबै स्पाम कलहरू स्वतः ब्लक गरिदिने सिस्टम सबै अकाउन्टका लागि उपलब्ध नहुनसक्छ । त्यसका लागि तपाईंले प्रिमियम सेवा लिनुपर्ने हुन्छ ।

  • तपाईं ब्लकिङमा जानुभयो भने त्यहाँ अपडेट टप स्पामर्स (Update top spammers) लेखिएको अप्सन देख्न सक्नुहुन्छ ।
  • त्यसको तल अपडेट लेखिएको अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि स्पामर्स सेवा स्वतः अपडेट हुन्छ ।
  • त्यस्तै त्यसको तल सबै प्रयोगकर्ता (प्रिमियम सेवा लिने वा नलिने) का लागि ब्लक टप स्पामर्स भन्ने अप्सन राखिएको हुन्छ । त्यसलाई अन गर्नुहोस् ।
  • त्यस्तै स्पाम कलहरू प्रायः नम्बर हाइड भएर आउने गर्छन् । त्यस्ता कल ब्लक गर्न त्यहाँ भएको ब्लक हिडन नम्बर (Block hidden numbers) भन्ने अप्सन देखिन्छ । त्यसलाई पनि हन गर्न सक्नुहुन्छ ।
  • यदि तपाईंलाई विदेशी नम्बरबाट कल आइरहेका छन् । जसको तपाईंलाई केही काम छेन भने त्यस्ता नम्बरहरूलाई ब्लक नम्बर फ्रम फरेन कन्ट्रिज (Block number from foreign number) भन्ने अप्सन अन गर्न सक्नुहुन्छ । त्यसो गर्दा तपाईं जुन देशको हो, कल पनि त्यो देशको नम्बर बाहेक अन्य नम्बरबाट आउँदैन ।
  • त्यस्तै यदि कन्ट्याक्टमा सेभ नभएका नम्बर ब्लक गर्न चाहन्छु भन्ने लाग्यो भने तपाईंले ब्लक नम्बर नट ईन द फोनबुक (Block numbers not in the phonebook) भन्ने अप्सन अन गर्न सक्नुहुन्छ ।
  • यदि तपाईंले आफ्नो नम्बरको अगाडिका पाँच अङ्क मिलेका नम्बर ब्लक गर्न खोज्नुभएको छ भने ब्लक नेइबर स्पूमिङ (Block neighbor spooming) भन्ने अप्सन अन गर्न सक्नुहुन्छ ।
  • यदि कुनै नम्बरलाई तपाईंले म्यानुअल्ली ब्लक गर्न चाहनुभएको छ भने माई ब्लक लिस्ट भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यसमा ट्याप गरिसकेपछि प्लसको आइकन देख्न सकिन्छ । त्यहाँ गएर देशको कोड अनुसारका नम्बर, म्यासेज पठाउनेको नाम ब्लक र कुनै पनि नम्बर टाइप गरेर ब्लक गर्ने अप्सन देख्न सक्नुहुन्छ । त्यसबाट आफूलाई आवश्यक परेको कुनै पनि अप्सनबाट नम्बर ब्लक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२