close

शाओमीले सार्वजनिक गर्‍यो स्मार्टवाच, ब्याण्ड र सेक्युरिटी क्यामेरा

टेकपाना टेकपाना

जेठ ११, २०७९ १२:१६

शाओमीले सार्वजनिक गर्‍यो स्मार्टवाच, ब्याण्ड र सेक्युरिटी क्यामेरा

काठमाडौं । चिनियाँ ब्राण्ड शाओमीले शाओमी एस वान एक्टिभ स्मार्टवाच, रेडमी स्मार्ट ब्याण्ड प्रो र मिहोम सेक्युरिटी क्यामेरा ३६० नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले पहिलो पटक आफ्नो स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गत होम सेक्युरिटी क्यामेराको रुपमा ‘मिहोम सेक्युरिटी क्यामेरा ३६०’ भित्र्याएको हो ।

‘हामी सँधै उत्कृष्ट प्रविधि र डिजाइन युक्त डिभाइसहरू हाम्रो उपभोक्तामाझ ल्याउन प्रयासरत छौं,’ शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, ‘शाओमी एस वान एक्टिभ फिटनेसमा रुचि राख्ने व्यक्तिहरूका लागि उपयोगी स्मार्ट वाच हो । १.४३ इन्चको एचडी एमोलेड डिस्प्ले रहेको यसमा ६० हर्जको हाई रिफ्रेस रेट युक्त स्क्रिन छ । यसले २४ सै घण्टा मुटुको चाल रेकर्ड गर्नुका साथै अन्य ११७ वटा फिटनेस मोडहरू यसमा उपलब्ध रहेका छन् ।’

नर्मल मोड मा १२ दिन र ब्याट्री सेभर मोड मा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफ छ । खेल प्रेमीहरूका लागि विषेश रुपमा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुका साथै यसमा भएको डुअल ब्यान्ड जिपिएसले मल्टिपल स्याटलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ । जसले ठेगानाहरूमा छिटो र सही रुपमा ट्रयाक गर्न मद्दत पुग्ने कम्पनीको दावी छ ।

यस्तै रेडमी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्चको फुल एमोलेड डिस्प्ले सहित उपलब्ध भएको छ । जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुका साथै २४ सै घण्टा मुटुको चाल रेकर्ड गर्ने जनाइएको छ । वाटर रेसिस्टन्ट युक्त यो ब्याण्डमा एक सय १० भन्दा बढी वर्क आउट मोड उपलब्ध छन् ।

त्यस्तै घरको सुरक्षाका लागि ल्याइएको मिहोम सेक्युरिटी क्यामेरा ३६० बाट रातको समयमा पनि फुलकलर प्यालेट देख्न सकिने कम्पनीले जनाएको छ । यो क्यामेराले ३६० डिग्री एङल बाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् । जसले गर्दा घरमा कोही प्रवेश गर्न लागेको जानकारी सुरुमा थाहा पाउन सकिन्छ ।

साथै यसमा रहेको ‘टु वे अडियो टक ब्याक’ फिचरले गर्दा जहाँबाट पनि आफ्नो परिवारसँग कुरा गर्न सकिन्छ । यसमा ३२ जिबिसम्मको स्टोरेज छ र यसलाई घरको जुनसुकै कुनामा सजिलै सँग फिट गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२