close

यी सामसङ फोनमा आउँदै छ ग्यालेक्सी एआई फिचर, के के छन् सुविधा ?

टेकपाना टेकपाना

बैशाख ४, २०८१ ९:१९

यी सामसङ फोनमा आउँदै छ ग्यालेक्सी एआई फिचर, के के छन् सुविधा ?

काठमाडौं । सामसङले पुरानो मोडेलका ग्यालेक्सी फोन र ट्याब्लेटमा ग्यालेक्सी एआई फिचर उपलब्ध गराउने भएको छ । यसअघि एस २४ सिरिज र २०२३ का केही मोडेलमा उपलब्ध भएका विभिन्न एआई फिचर कम्पनीले अन्य मोडेलमा समेत उपलब्ध गराउने भएको हो ।

एन्ड्रोइड अथोरिटीका अनुसार कम्पनीले अब ग्यालेक्सी एआई फिचरहरू ग्यालेक्सी एस २२ सिरिज, ग्यालेक्सी जेड फोल्ड फोर, ग्यालेक्सी जेड फ्लिप फोर र ग्यालेक्सी ट्याब एस ८ सिरिजमा उपलब्ध गराउने तयारी गरेको छ । 

शुक्रबार सामसङका प्रतिनिधिले वन यूआई ६.१ अपडेटसँगै ग्यालेक्सी फिचर सामसङका २०२२ र २०२१ का फ्ल्यागशिप डिभाइसमा उपलब्ध गराउन लागेको बताएका थिए ।

तर, कम्पनीले आधिकारिक रूपमा उक्त अपडेट २०२२ को लाइनअपमा मात्र उपलब्ध हुने पुष्टि गरेको छ । ग्यालेक्सी एस २१ सिरिज र २०२१ का ग्यालेक्सी फ्ल्यागशिपका लागि एआई फिचर सहितको वनयूआई ६.१ अपडेट कम्पनीले पछि घोषणा गर्ने अपेक्षा गरिएको छ । 

यद्यपि सामसङले भने अनुसार २०२२ मा सार्वजनिक भएका फ्यालगशिप मोडेलमा यो फिचर मे महिनाको सुरुवात तिर सार्वजनिक गर्ने बताएको छ ।

यससँगै २०२२ का फ्ल्यागशिप मोडेल प्रयोग गर्ने प्रयोगकर्ताले ‘सर्कल टु सर्च विथ गुगल’, च्याट असिस्ट, इन्टरप्रेटर, लाइभ ट्रान्सलेट, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट, ब्राउजिङ असिस्ट, जेनेरेटिभ एडिट, एडिट सजेसन, र एआई जेनेरेटेड वालपेपर प्रयोग गर्न पाउनेछन् । यी सबै फिचर ग्यालेक्सी एस २४ सिरिजमा देखिएका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ ९:१९