close

एयरटेल बन्यो मेटाभर्समा ओटीटी कन्टेन्ट उपलब्ध गराउने पहिलो भारतीय कम्पनी

टेकपाना टेकपाना

जेठ ३१, २०७९ १९:१

एयरटेल बन्यो मेटाभर्समा ओटीटी कन्टेन्ट उपलब्ध गराउने पहिलो भारतीय कम्पनी

काठमाडौं । भारतको दोस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी भारती एयरटेलले ओभर दी टप (ओटीटी) प्लेटफर्म एक्सस्ट्रिमको कन्टेन्ट मेटाभर्समा उपलब्ध गराउने भएको छ ।

आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो सेवा सुरु गरेको हो । कम्पनीले पार्टिनाइट मेटाभर्स प्लेटफर्ममा एक्सस्ट्रिम मल्टिप्लेक्स सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो २० स्क्रिन मल्टिप्लेक्स प्लेटफर्म हो, जहाँ विभिन्न ओटीटी कम्पनीका कन्टेन्ट उपलब्ध हुनेछ ।

यो मल्टिप्लेक्समार्फत प्रयोगकर्ताले आफूले चाहेअनुसारको कन्टेन्ट हेर्न सक्नेछन् । कम्पनीका अनुसार मेटाभर्समा कुनै पनि शोको पहिलो एपिसोड हेर्न सक्नेछन् । थप हेर्नका लागि भने प्रयोगकर्ताले शुल्क बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३