टेकपाना
असार १, २०७९ २०:२८
काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलाली, अछाम र बझाङ जिल्लाका बार असोसियसन र कारागारमा भर्चुअल विधिबाट बहस पैरवी हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट कार्यक्रममार्फत यस्तो योजना ल्याएको हो ।
बुधबार प्रदेशसभामा प्रस्तुत बजेटमा यसका लागि आवश्यक उपकरण खरिद गर्न २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३