close

ह्वावेलाई प्रतिबन्ध लगाउने फैसलामा स्विडेन पुनरावेदन अदालतको साथ

टेकपाना टेकपाना

असार ९, २०७९ १६:४०

ह्वावेलाई प्रतिबन्ध लगाउने फैसलामा स्विडेन पुनरावेदन अदालतको साथ

काठमाडौं । स्विडेनको पुनरावेदन अदालतले ह्वावेलाई फाइभजी पूर्वाधारमा प्रतिबन्ध लगाउने तल्लो अदालतको फैसलालाई निरन्तरता दिएको छ । योसँगै फाइभजी पूर्वाधारमा चिनियाँ कम्पनी ह्वावेलाई अर्को धक्का लागेको छ ।

यसअघि सन् २०२० मा स्विडेनको दूरसञ्चार नियामक निकायले ह्वावेलाई फाइभजी पूर्वाधारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नियामकको सो निर्णय विरुद्ध कम्पनीले अघिल्लो वर्ष तल्लो अदालत पुगेको थियो ।

तल्लो अदालतले नियामकको निर्णयलाई सदर गरिदियो । यस्तोमा कम्पनी पुनरावेदन अदालत पुगेको थियो । तर, पुनरावेदन अदालतले पनि तल्लो अदालतको फैसलालाई नै निरन्तरता दिएको छ ।

यो सँगै युरोपेली बजारमा ह्वावेका लागि अर्को ठूलो धक्का लागेको छ । ह्वावेका पूर्वाधारमाथि पहिलाे पटक अमेरिकाले प्रतिबन्ध लगाएकाे थियाे । याे क्रम युरोपेली मुलुकमा समेत फैलिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३