close

क्रिप्टो कम्पनीबाट ह्याकरले चोरे १२ अर्ब बढीको बिटक्वाइन

टेकपाना टेकपाना

असार ११, २०७९ १०:३८

क्रिप्टो कम्पनीबाट ह्याकरले चोरे १२ अर्ब बढीको बिटक्वाइन

काठमाडौं ।  अमेरिकाको क्रिप्टो कम्पनी हार्मोनीबाट ह्याकरले १०० मिलियन डलर अर्थात् १२ अर्ब ५२ करोडभन्दा बढीको बिटक्वाइन चोरी गरेका छन् । हार्मोनी क्रिप्टोका लागि एउटा बैंक हो ।

यसले क्रिप्टो तथा नन-फन्जिबल टोकनहरु कर्जाको रुपमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले शुक्रबार चोरीको विषयमा जानकारी दिएको हो ।

खबर अनुसार कम्पनीको सिस्टममा रहेको कमजोरीको फाइदा उठाउँदै ह्याकरले डिजिटल कोइन चोर्न सफल भएका हुन् । एकबाट अर्को ब्लकचेनमा क्रिप्टो ट्रान्सफर गर्दा त्यसमा रहेको कमजोरीबाट बिटक्वाइन जस्ता डिजिटल क्वाइन चोरी भएको हो ।

पछिल्लो समय यसरी डिजिटल क्वाइन चोरी हुने क्रम बढिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३