close

कुन टेलिकम नेटवर्कबाट राम्राे चल्छ इन्टरनेट ? यस्ताे छ तथ्याङ्क

टेकपाना टेकपाना

असार १७, २०७९ ९:१

कुन टेलिकम नेटवर्कबाट राम्राे चल्छ इन्टरनेट ? यस्ताे छ तथ्याङ्क

काठमाडौं । मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताका लागि कुन दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा राम्रो इन्टरनेट चल्छ भन्ने विषय सधैँ चासोको विषय हो । किनभने हाम्रो दैनिकीमा आज इन्टरनेट एउटा महत्वपूर्ण पाटो बन्दै आएको छ । त्यसमा पनि मोबाइल इन्टरनेटको महत्त्व छुट्टै छ ।

जहाँ फिक्स्ड इन्टरनेटको पहुँच छ, त्यस्ता स्थानमा मोबाइल डेटाको खपत कम भएपनि सामान्य रुपमा यात्राका क्रममा हामीले यसको प्रयोग गरिरहेको हुन्छौं ।

अझ फिक्स्ड इन्टरनेट नपुगेको कतिपय स्थानमा मोबाइल इन्टरनेटमार्फत नै प्रयोगकर्ता विश्व सञ्जालमा जोडिएका छन् । यस्तोमा मोबाइल इन्टरनेटको महत्व र प्रयोग पनि पछिल्लो समय बढ्दै गएको छ ।

आज देशको ९८.४६ प्रतिशत जनसंख्याको पहुँचमा मोबाइल इन्टरनेट पुगिसकेको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

यस्तोमा कुन मोबाइल सेवा प्रदायकको नेटवर्कबाट मोबाइल इन्टरनेट प्रयोग गर्दा राम्रो स्पिड प्राप्त हुन्छ भन्ने विषय महत्त्वपूर्ण छ ।

प्राधिकरणले हालै सार्वजनिक गरेको दूरसञ्चार सेवा प्रदायकको सेवाको गुणस्तर अध्ययन तथा मापन प्रतिवेदनले मोबाइल इन्टरनेट स्पिडलाई केलाएको छ ।

यसका लागि प्राधिकरणले गत पुसदेखि चैतसम्म परामर्शदाता लगाएर सेवा प्रदायकले उपलब्ध गराएको सेवाको गुणस्तर मापन गरेको थियो । प्रतिवेदनका आधारमा हेर्ने हो भने दूरसञ्चार सेवा प्रदायक हरेक हिसाबले ग्राहकलाई गुणस्तरीय सेवा दिनबाट चुकेका छन् ।

टेलिफोन र मेसेजका साथै इन्टरनेट ब्राउजिङमा समेत चुकेका सेवा प्रदायकको मोबाइल इन्टरनेट स्पिड पनि सन्तोषजनक देखिँदैन ।

यो अध्ययन प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशमा गरिएको थियो । तीन ओटा सेवा प्रदायकअनुसार फरक–फरक गरिएको अध्ययनले डाउनलोड र अपलोडका आधारमा गति तय गरेको छ ।

त्यसैका आधारमा यहाँ हामी कुन सेवा प्रदायकको कुन प्रदेशमा कति स्पिड दिइरहेका छन भन्ने विषयमा यहाँ जानकारी  दिँदैछौं ।

यो तथ्याङ्कमा दूरसञ्चार सेवा प्रदायकको टुजी, थ्रिजी, फोरजी सबैमा परिक्षण गरिएको थियो । त्यसका आधारमा प्रतिवेदनले कुन सेवा प्रदायकको कुन स्थानमा कति डाउनलोड स्पिड रहेको छ भन्ने विषयमा जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३