close

महालक्ष्मी विकास बैंकमाथि साइबर आक्रमण भएको ‘हल्ला मात्रै’

टेकपाना टेकपाना

असार २१, २०७९ १९:३३

महालक्ष्मी विकास बैंकमाथि साइबर आक्रमण भएको ‘हल्ला मात्रै’

काठमाडौं । आइतबार महालक्ष्मी विकास बैंकको सिस्टममा समस्या आएसँगै नेपालको बैंकिङ क्षेत्रमा साइबर आक्रमण भएको चर्चा चलिरहेको छ । तर बैंकका उप प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) दीपेश लम्सालले त्यो हल्ला मात्रै भएको प्रतिक्रिया दिएका छन् ।

उनका अनुसार आइतबार सिस्टममा आएको त्रुटिका कारण बैंकिङ सेवा केही समयका लागि प्रभावित भएको छ । त्यस लगत्तै उक्त समस्या समाधान भइसकेको उप प्रमुख कार्यकारी अधिकृत लम्सालले टेकपानासँग बताए ।

तर बैंकमाथि साइबर तथा रेन्समवेर आक्रमण आएको भन्ने कुरा भने उनले सोझै अस्वीकार गरे । राष्ट्र बैंक स्रोतले भने यस विषयमा प्राविधिक टिमलाई आधिकारिक रूपमा कुनै पनि जानकारी प्राप्त नभएको बताएको छ ।

यद्यपि राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका एक अधिकारीले बैंकले सिस्टममा आएको समस्या समाधान भइसकेको जानकारी गराएको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३