close

टिकटक च्यालेन्ज गर्दै साथीमार्ट, १ मिनेटमा ५० हजार रुपैयाँ जित्ने अवसर

टेकपाना टेकपाना

असार २६, २०७९ १०:५५

टिकटक च्यालेन्ज गर्दै साथीमार्ट, १ मिनेटमा ५० हजार रुपैयाँ जित्ने अवसर

काठमाडौं । रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज गर्ने भएको छ । ‘साथीमार्ट टिकटक च्यालेन्ज’ अन्तर्गत टिकटक प्रयोगकर्ताले एक मिनेटको भिडिओ बनाई ५० हजार रुपैयाँ जित्नसक्ने कम्पनीले जनाएकाे छ ।

साथीमार्टले आफ्ना ग्राहकका लागि ‘शेयर एन्ड अर्न अनलिमिटेड’ अभियान अन्तर्गत टिकटक च्यालेन्ज आयोजना गरेको हो ।

यसअन्तर्गत ग्राहकले साथीमार्टको मोबाइल एप डाउनलोड गरी अकाउन्ट रजिस्टर र मोबाइल भेरिफिकेसन गर्दा ७५ रुपैयाँ साथीक्याश पाउने व्यवस्था गरिएको छ ।

साथै मोबाइल एप आफ्नो साथीभाइ तथा परिवारलाई शेयर गरी प्रत्येक सफल शेयरमा थप २५ रुपैयाँ थप साथीक्याश पाउन सक्नेछन् ।

टिकटक च्यालेन्जमा सहभागी हुनका लागि प्रयोगकर्ताले सर्वप्रथम साथीमार्टको अफिसियल टिकटक पेजलाई फलो गर्नुपर्ने हुन्छ ।

सोही पेजमा दुईवटा भिडिओ पिन गरिएका छन्, जसमध्ये एउटा भिडिओमा ‘साथीमार्ट टिकटक च्यालेन्ज’मा सहभागी हुनका लागि के गर्नुपर्छ भन्ने कुरा जानकारी गराइएको छ भने अर्को नमुना भिडिओ हो ।

सहभागीले सोहीअनुसार नियम पालना गरेर भिडिओ बनाउनुपर्नेछ । सिर्जनात्मक भिडिओमध्ये प्रतियोगिताको उत्कृष्ट भिडिओले ५० हजार रुपैयाँ र दुई उपविजेताले १५ हजार र १० हजार रुपैयाँ क्रमशः जित्नसक्ने साथीमार्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलले जानकारी दिए ।

भिडिओ असार ३२ गतेभित्र अपलोड गरिएको हुनुपर्ने साथीमार्टले जनाएको छ । यस्तै, सहभागिता जनाउन इच्छुकहरूले यहाँ क्लिक गरी साथीमार्ट टिकटक च्यालेन्जको बारेमा थप जानकारी लिन सकिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३