close

अब ‘नमस्ते पे’ बाट जहाजको टिकट काट्न सकिने

टेकपाना टेकपाना

साउन २, २०७९ १७:२१

अब ‘नमस्ते पे’ बाट जहाजको टिकट काट्न सकिने

काठमाडौं । भुक्तानी सेवा प्रदायक नमस्ते पेले आन्तरिक हवाई टिकट सेवा पनि सुरु गरेको छ । याे डिजिटल वालेटमार्फत सहुलियत मूल्यमा आन्तरिक गन्तव्यहरूका लागि उडान टिकटहरू (एकतर्फी र दुईतर्फी दुवै) खरिद गर्न सक्नेछन् ।

सेवा सुरु भएको अवसरमा नमस्ते पेले विभिन्न अफर पनि ल्याएको छ । यसअन्तर्गत हवाई टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा ३०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै अन्य ग्राहकले भने नमस्ते पेमार्फत हवाई टिकट खरिद गर्दा १५० रुपैयाँको क्याशब्याक पाउन सक्नेछन् ।

त्यस्तै एकजना ग्राहकले गोलाप्रथामार्फत पोखराको दुईतर्फी हवाई टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३