close

साउन ११ मा हार्मोनी ओएस थ्री सार्वजनिक गर्दै ह्वावे

टेकपाना टेकपाना

साउन ४, २०७९ ११:१०

साउन ११ मा हार्मोनी ओएस थ्री सार्वजनिक गर्दै ह्वावे

काठमाडौं । ह्वावेले आगामी साउन ११ (जुलाई २७) मा हार्मोनी ओएस थ्री ल्याउने भएको छ । कम्पनीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा एक पोस्ट गर्दै हार्मोनीको तेस्रो संस्करण ल्याउन लागेको जानकारी दिएको हो ।

केही वर्षअघिसम्म एन्ड्रोइड डिभाइस उत्पादनमा अग्रणी कम्पनी रहेको ह्वावे हाल आफ्नै अपरेटिङ सिस्टम विस्तारमा व्यस्त छ । ह्वावेकाे इन-हाउस डेभलपमेन्ट रहेकाे याे अपरेटिङ सिस्टम स्मार्टफाेन र स्मार्ट डिभाइसका लागि प्रयाेग गर्न सकिन्छ ।

नयाँ ओएस अपडेट कुन कुन डिभाइसले पाउनेछन् भन्ने विषयमा भने कम्पनीले केही खुलाएको छैन । तर ह्वावेका नयाँ स्मार्ट डिभाइस यो ओएससहित उपलब्ध हुने चर्चा छ ।

खबर अनुसार साउन ११ मा चीनमा हुने कार्यक्रममा ह्वावेले हार्मोनी ओएस थ्री भएको पहिलो स्मार्ट टिभी सार्वजनिक हुनेछ ।साथै मेटबुक एक्स प्रो, मेटप्याड प्रो ट्याब्लेट लगायतका डिभाइस पनि नयाँ ओएससहित सार्वजनिक हुने चर्चा छ ।

हाल ३० करोडभन्दा बढी डिभाइसमा हार्मोनी अपरेटिङ सिस्टमबाट सञ्चालन भइरहेकाे कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३