close

रकेट प्रक्षेपणमा एकपछि अर्को रेकर्ड तोड्दै एलन मस्कको स्पेसएक्स

टेकपाना टेकपाना

साउन ७, २०७९ ११:५७

रकेट प्रक्षेपणमा एकपछि अर्को रेकर्ड तोड्दै एलन मस्कको स्पेसएक्स

काठमाडौं । स्पेसएक्सले शुक्रबार आफ्नै रेकर्ड तोड्दै कम्पनीको ३२औं फाल्कन ९ रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

बिहीबार अन्तिम समयमा रद्द भएको उक्त प्रक्षेपण शुक्रबार गरिएको थियो, जसमा कम्पनीका ४६ ओटा स्याटलाइट थिए । प्रक्षेपणको तयारीमा रहेको रकेटलाई अन्तिम ४६ सेकेन्ड बाँकी रहँदा रोकिएको थियो ।

प्रक्षेपण किन रोकियो भन्ने विषयमा कम्पनीले कुनै आधिकारिक जानकारी भने दिएको छैन । यो प्रक्षेपणसँगै कम्पनीले एक वर्षभित्र गरेको प्रक्षेपणको आफ्नै रेकर्ड तोडेको छ ।

गत वर्ष सन् २०२१ मा कम्पनीले कुल ३१ ओटा स्याटलाइट प्रक्षेपण गरेको थियो । यो रेकर्डलाई कम्पनीले २०२२ को पहिलो छ महिनामा ३२औं प्रक्षेपण गर्दै तोडेको हो ।

कम्पनीले हरेक वर्ष आफ्नो प्रक्षेपणको संख्या बढाउँदै लगिरहेको छ ।

यो प्रक्षेपणसँगै अर्बिटमा स्टारलिंकको स्याटलाइटको संख्या २६ सय पुगेको छ । यो संख्या थप बढ्दै जानेछ । स्याटलाइटको अर्को समूहलाई लिएर स्पेसएक्सले आइतबार रकेट प्रक्षेपण गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३