ट्रेन्डिङ:
भदौ २ गते सार्वजनिक हुँदै रियलमीको सस्तो फाइभजी स्मार्टफोन कम प्रकाशको समयमा मोबाइलबाटै यसरी खिच्नुहोस् आकर्षक फोटो अमेरिकी राष्ट्रपति भन्छन्, ‘फेसबुकले मान्छे मार्दैन, तर झुटा सूचना हानिकारक हुन सक्छन्’ ५० मेगापिक्सेल क्यामेरा भएको 'ओप्पो ए१७' बजारमा यी १० कारणले ल्यापटपभन्दा डेस्कटप राम्रो नेपालमा पब्जी गेम बन्द गर्न सांसदको माग स्मार्ट सीटीको प्रगति शून्य, करारमा कर्मचारी भर्नागरी  १ वर्षको तलबभत्तामै सवा करोड स्वाहा स्मार्टवाच ल्याउँदै फेसबुक, डुअल क्यामेरादेखि हर्टरेट मनिटरसम्मका फिचर रहने मुटुको धड्कन र ब्लड अक्सिजन नाप्ने रियलमी स्मार्टवाच अब डिशहोमको सेवामा १० दिनको उधारो, यसरी लिनुहोस् सुविधा
close

भदौ २ गते सार्वजनिक हुँदै रियलमीको सस्तो फाइभजी स्मार्टफोन

टेकपाना टेकपाना

साउन २१, २०७९

भदौ २ गते सार्वजनिक हुँदै रियलमीको सस्तो फाइभजी स्मार्टफोन

काठमाडौं । यही जनवरीमा रियलमीले स्न्यापड्रागन ६८० एसओसी प्रोसेसरसहितको रियलमी ९आईको फोरजी संस्करण सार्वजनिक गरेको थियो । यसको सात महिना पनि नबित्दै कम्प‍नीले सोही मोडेलको फाइभजी भर्सन पनि ल्याउन लागेकाे छ ।

कम्पनीले यही अगस्ट १८ अर्थात् भदौ २ गते रियलमी ९आई फाइभजी सार्वजनिक गर्न लागेकाे हाे । ‘द फाइभजी रकस्टार’ ट्यागलाइन सहित कम्पनीले ९आईको फाइभजी भर्सनको प्रचार गरिरहेको छ ।

यो फोनमा डाइमेन्सिटी ८१० चिप प्रयोग भएको बताइएको छ भने फोनलाई पहिलेको भन्दा फ्ल्याट डिजाइन दिइएको छ । पावर बटन पनि फोनको दायाँतिर हुनेछ ।

मुख्य क्यामेरा भने फ्ल्याट छैन । अर्थात् मुख्य क्यामेराको भाग थोरै उठेको छ । यो फोनको मूल्य करिब २४ हजार नेपाली रुपैयाँ हुने अनुमान छ ।

फोनको विषयमा थप विवरण भने आउन बाँकी नै छ ।