ट्रेन्डिङ:
एनसेलले ल्यायो ‘सही यो सिम’, निःशुल्क इन्स्टाग्राम प्रयोग गर्न सकिने यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? ड्राइभर अपडेट नहुँदा पनि स्लो हुन्छ इन्टरनेट, कसरी गर्ने समाधान ? यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? नासाका यी अद्भूत आविष्कार, जुन तपाईँले दैनिक प्रयोग गरिरहनु भएको छ यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? तातो खाना फ्रिजमा राख्दा के हुन्छ ?
close

एनसेलले ल्यायो ‘सही यो सिम’, निःशुल्क इन्स्टाग्राम प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

भदौ १, २०७९

एनसेलले ल्यायो ‘सही यो सिम’, निःशुल्क इन्स्टाग्राम प्रयोग गर्न सकिने

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल आजियाटाले इन्स्टाग्राम निःशुल्क प्रयोग गर्न मिल्नेगरी ‘सही यो सिम’ ल्याएको छ । यो सिम खरिदमा प्रयोगकर्ताले एक महिनासम्म निःशुल्क इन्स्टाग्राम प्रयोग गर्न सक्नेछन् ।

युवाहरूको मागलाई सम्बोधन गर्दै यो सिम ल्याएको एनसेलले जनाएको छ ।

‘सही यो सिम’ लिएका प्रयोगकर्ताले एक महिनासम्म निःशुल्क इन्स्टाग्राम, ५० पैसा प्रति मिनेट पाँच ओटा एनसेल नम्बरमा माई-फाइभ सेवा उपयोग गर्न सक्नेछन् ।

त्यस्तै सिममा २० रुपैयाँ मुख्य ब्यालेन्स, सात दिन मान्य हुने २० मिनेट एनसेल नेटवर्कमा टकटाइम, २० ओटा एसएमएस र सात दिन मान्य हुने अल टाइम २०० एमबी डेटा समेत उपलब्ध हुनेछ ।

‘सही यो सिम’ को मूल्य ९७ रुपैयाँ तोकिएको छ ।

योसँगै सिम प्रयोगकर्ताले मासिक ५० रुपैयाँमाथिको रिचार्ज गर्दा एक महिनासम्म निःशुल्क इन्स्टाग्राम प्रयोग गर्न सक्नेछन् । अन्य सेवाका लागि भने छुट्टै इन्टरनेट प्याकेज लिनुपर्नेछ ।

यो सिम सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता र पासपोर्ट साइजको फोटो सहित नजिकैको एनसेल सेन्टरमार्फत लिनसक्ने कम्पनीले जनाएको छ ।