close

एन्ड्रोइडमा रहेका ३५ एपमा भेटियो भाइरस, आफ्नो मोबाइलबाट तत्काल डिलिट गर्न आग्रह

टेकपाना टेकपाना

भदौ ३, २०७९ १७:४३

एन्ड्रोइडमा रहेका ३५ एपमा भेटियो भाइरस, आफ्नो मोबाइलबाट तत्काल डिलिट गर्न आग्रह

काठमाडौं । हुन त गुगल तथा एप्पलको आधिकारिक स्टोरबाट एप डाउनलोड गर्नु सुरक्षित नै मानिन्छ । किन भने त्यस्ता स्टोरमा ‘मालिसियस’ (खराब आसय भएका) एप रोक्नका लागि विभिन्न प्रविधिको प्रयोग गरिएको हुन्छ ।

तर, पनि कतिपय अवस्थामा गुगल तथा एप्पलका त्यस्ता प्रविधिलाई समेत छलेर क्रियटरहरूले स्टोरमा एप अपलोड गर्न सफल हुन्छन् । त्यस्ता ३५ ओटा मालवेयर युक्त एप यतिबेला गुगल प्ले स्टोरमा भेटिएका छन् ।

जसलाई प्रयोगकर्ताले लाखौं पटक डाउनलोड गरिसकेका छन् । यदि तपाईँको मोबाइलमा समेत यी एप छन् भने तत्कालै हटाउन साइबर अनुसन्धानकर्ताहरूले आग्रह गरेका छन् ।

साइबर सेक्युरिटी कम्पनी ‘बिटडिफेण्डर’ले प्ले स्टोरमा रहेका मालवेयर युक्त ३५ ओटा एपको सूची सार्वजनिक गरेको हो । यस्ता एप प्रयोगकर्ताले मोबाइलमा डाउनलोड गरेसँगै आइकन, एपको नाम लगाएका सबै कुरा परिवर्तन हुने र डिभाइसमा लुकेर बस्ने जनाइएको छ ।

धेरैजसो यस्ता एप ‘सेटिङ’ आइकनको रुपमा लुकेर बसेका हुन्छन् । जब त्यस्तो फेक सेटिङ आइकनमा क्लिक गरिन्छ, तब उक्त एपले प्रयोगकर्तालाई वास्तविक सेटिङमै पुर्‍याउने जनाइएको छ ।

जसले प्रयोगकर्तालाई आफैँले सेटिङ एप प्रयोग गरिरहेको भान पार्न सफल हुन्छ । त्यतिमात्रै नभएर यस्ता एप रिसेन्ट एपमा समेत नबस्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

यस्तोमा उनीहरूले एन्ड्रोइडको सुरक्षा प्रणालीलाई नै तोडेर आफ्नै फ्रेमवर्कमा विज्ञापन चलाउने गर्छन् । यो विषय सबैभन्दा घातक रहेको अनुसन्धानकर्ताले बताएका छन् । यस्तोमा अनुसन्धानकर्ताले यदि मोबाइलमा यस्ता एप भएको खण्डमा हटाउन आग्रह गरेका हुन् ।

यस्ता छन्, मालवेयर युक्त ३८ एप

  • Walls light – Wallpapers Pack: 100K+
  • Big Emoji – Keyboard: 100K+
  • Grad Wallpapers – 3D Backdrops: 100K+
  • Engine Wallpapers – Live & 3D: 100K+
  • Stock Wallpapers – 4K & HD: 100K+
  • EffectMania – Photo Editor: 100K+
  • Art Filter – Deep Photoeffect: 100K+
  • Fast Emoji Keyboard: 100K+
  • Create Sticker for Whatsapp: 100K+
  • Math Solver – Camera Helper: 100K+
  • Photopix Effects – Art Filter: 100K+
  • Led Theme – Colorful Keyboard: 100K+
  • Keyboard – Fun Emoji, Sticker: 50K+
  • Smart Wifi: 10K+
  • My GPS Location: 10K+
  • Image Warp Camera: 100K
  • Art Girls Wallpaper HD: 100K+
  • Cat Simulator: 50K+
  • Smart QR Creator: 10K+
  • Colorize Old Photo: 500+
  • GPS Location Finder: 100K
  • Girls Art Wallpaper: 10K+
  • Smart QR Scanner: 50K+
  • GPS Location Maps: 100K
  • Volume Control: 50K+
  • Secret Horoscope: 10K+
  • Smart GPS Location: 10K+
  • Animated Sticker Master: 100K
  • Personality Charging Show: 100K
  • Sleep Sounds: 100K
  • QR Creator: 10K+
  • Media Volume Slider: 10K+
  • Secret Astrology: 10K+
  • Colorize Photos: 10K+
  • Phi 4K Wallpaper – Anime HD: 50K+

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४