close

सेप्टेम्बर ६ मा सार्वजनिक हुँदै ह्वावे मेट ५० सिरिज

टेकपाना टेकपाना

भदौ ८, २०७९ ८:३२

सेप्टेम्बर ६ मा सार्वजनिक हुँदै ह्वावे मेट ५० सिरिज

काठमाडौं । ह्वावेले आउँदो सेप्टेम्बर ६ मा मेट ५० सिरिज सार्वजनिक गर्ने भएको छ । कम्पनीले याे सिरिज अन्तर्गत ह्वावे मेट ५०, मेट ५० प्रो, मेट ५० आरएस र ह्वावे मेट ५०ई गरी चार माेडल ल्याउने छ ।

यी फोनहरूमा हार्मोनी ओएस ३.० सहित नयाँ चिपसेट प्रयोग गरिने बताइएको छ । बाहिरिएका जानकारी अनुसार यी स्मार्टफाेनमा किरिन ९०००एस चिपसेट प्रयोग गरिएको छ ।

यसको अर्थ यी फोनहरूले फोरजी मात्र सपोर्ट गर्नेछन् । तर प्राे माेडलहरू फाइभजी केससहित उपलब्ध हुने चर्चा छ ।

खबर अनुसार मेट ५० मा पन्च होल क्यामेरा उपलब्ध हुनेछ भने मेट ५० प्रोमा फेस स्क्यानिङ फिचर उपलब्ध हुनेछ । याेसँगै ह्वावेको हार्मोनी ओएस ३.० उपलब्ध हुने मेट सिरिजका फोनहरू पहिलो फोन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३