close

प्रयोगकर्ताको लोकसेन ट्र्याक गरेको घटनामा ५ अर्ब जरिबाना तिर्न फेसबुक तयार

टेकपाना टेकपाना

भदौ ८, २०७९ १२:३७

प्रयोगकर्ताको लोकसेन ट्र्याक गरेको घटनामा ५ अर्ब जरिबाना तिर्न फेसबुक तयार

काठमाडौं । प्रयोगकर्ताको अनुमति बिनै उनीहरुको गतिविधि पछ्याएको आरोपमा फेसबुकको मुख्य कम्पनी मेटा विरुद्ध परेको मुद्दामा कम्पनी पैसा तिर्न सहमत भएको छ ।

अमेरिकाको सान फ्रान्सिस्कोस्थित संघीय अदालतमा दायर भएको मुद्दामा दुवै पक्षबीच ३७.५ मिलियन डलर अर्थात् चार अर्ब ७७ करोड रूपैयाँभन्दा बढी रकम तिर्नेगरी सहमति भएको जनाइएको छ ।

यसअघि फेसबुकले लोकेसन अफ गरेको अवस्थामा समेत प्रयोगकर्तालाई ट्रयाक गरेर क्यालिफोर्नियाको कानून तथा फेसबुक आफैंले आफ्नो गाेपनीयता नीति उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

दुई पक्षबीच रकम भुक्तानी गरी मुद्दा किनारा लगाउने सहमति भएको हो । तर यसलाई अदालतले स्वीकृति प्रदान दिइसकेको छैन् ।

सहमतिको जानकारी गएको सोमाबारमात्रै अदालतलाई गराइएको छ । उक्त जानकारीका आधारमा अदालतले फैसला गर्ने जनाइएको छ ।

फेसबुकले यसरी प्रयोगकर्ताको लोकेसन ट्रयाक गरेको आरोप खेपेको यो पहिलो घटना भने होइन ।

यसअघि पनि लोकेसन ट्रयाकिङको विषयमा धेरै पटक मुद्दा दायर भएका थिए । भने, फेसबुकले पनि पटक-पटक जरिबानी तिर्दै आएको छ । तर, पनि लोकेसन ट्राकिङका घटना रोकिएका छैनन् ।

त्यो हुँदा अदालतले जरिवाना रकमका साथै थप अन्य कारबाहीकाे निर्णय गर्नसक्ने आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३