close

आईफोन फोर्टिन खरिद गर्न औसत नेपालीले कति दिन काम गर्नुपर्छ ?

टेकपाना टेकपाना

भदौ ३०, २०७९ १४:४

आईफोन फोर्टिन खरिद गर्न औसत नेपालीले कति दिन काम गर्नुपर्छ ?

काठमाडौं । एप्पलले हालै बहुप्रतिक्षित आईफोन फोर्टिन सिरिज सार्वजनिक गरेको छ । केही दिनअघि आईफोन फोर्टिन सिरिजको प्रि-अर्डर पनि सुरु भइसकेको छ ।

त्यसो त आईफोनको कुनै पनि उत्पादन त्यसको महँगो मूल्य र आकर्षक फिचरका कारण चर्चामा आइरहन्छ । यसपटक पनि आईफोन फोर्टिन को प्रो र प्रो म्याक्स मोडेलमा भएको ‘डाइनामिक आइसल्याण्ड‘ फिचर निकै नै चर्चामा छ ।

त्यसबाहेक कम्पनीले नयाँ सिरिजमा ‘क्रयाश डिटेक्सन’, ‘इमर्जेन्सी एसओएस भाय स्याटलाइट‘ जस्ता फिचर ल्याएको छ । यस्ता विभिन्न नयाँ फिचरले प्रयोगकर्तालाई लोभ्याइरहँदा कुन देशका नागरिकले नयाँ आईफोन खरिद गर्न कति दिन काम गर्नु पर्छ होला ? यो तपाईँ हामी सबैको जिज्ञासाको विषय हुनसक्छ । 

त्यसो त नेपालले केही महिनाअघि मात्र ३०० डलरभन्दा माथिका फोनको आयातमा प्रतिबन्ध लगाएकाले कम्तिमा असोज २९ गतेसम्मका लागि आईफोन भित्रिने छैन । त्यसपछि सरकारले के निर्णय गर्छ भन्ने कुरा समेत निश्चित छैन । 

यद्यपि अन्तर्राष्ट्रिय बजारमा आईफोन फोर्टिन प्रोको मूल्य ९९९ डलर (करिब १ लाख २६ हजार ५ सय रुपैयाँ) रहेको छ । सोही मूल्यमा नेपालमा आईफोन खरिद गर्न नेपालीहरूले कति दिन काम गर्नु पर्ला ? केन्द्रिय तथ्याङ्क विभागका अनुसार नेपालीको औसत वार्षिक आम्दानी एक लाख ६७ हजार रुपैयाँ रहेको छ ।

यसलाई आधार मान्ने हो भने एक नेपालीले दैनिक औसत करिब चार सय ५७ रुपैयाँ आम्दानी गर्छ । यस्तोमा एक नेपालीले आईफोन फोर्टिन प्रो खरिद गर्न सम्पूर्ण आम्दानी जोगाउने हो भने पनि करिब २७६.५ दिन काम गर्नु पर्ने हुन्छ ।

कुन देशका युवाले दैनिक औसतमा कति आम्दानी गर्छन् भन्ने कुरालाई आधार बनाएर पिकोडीले एउटा प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा विश्वका विभिन्न ४६ देशका मानिसहरूले कति दिन काम गर्दा १२८ जीबीको आईफोन फोर्टिन प्रो खरिद गर्न सक्छन् भन्ने कुरा उल्लेख गरिएको छ । यो सूचीमा नेपाल सहित केही दक्षिण एसियाली देशहरू भने समावेश छैनन् ।

क्र.सदेशकाम गर्नुपर्ने दिन
१.             टर्की१४६.७
२.           फ्लिपिन्स९०.९
३.           ब्राजिल७४.२
४.          भारत६४.९
५.         थाइल्याण्ड४८.७
६.            मेक्सिको४७.१
७.         मोन्टेनेग्रो३९.७
८.           हङ्गेरी३४.५
९.            ग्रिस३०.३
१०.    स्लोभाकिया२९.९
११.      मलेसिया२९.२
१२.   ल्याट्भिया२८.४
१३.   पोल्याण्ड२७.६
१४.  पोर्चुगल२७.३
१५. लिथुआनिया२५.४
१६.    चीन२२
१७. चेकिया२१.८
१८.   स्लोभानिया२१.७
१९.    इटाली२१.५
२०.  माल्टा२१.२
२१.   इस्टोनिया२१
२२.             स्पेन२१
२३.             ताइवान१७.२
२४.            साइप्रस१५.५
२५.           बेल्जियम१२.१
२६.  जापान११.९
२७.           अस्ट्रिया११.४
२८.             बेलायत११.२
२९.  हङकङ११.२
३०.  नेदरल्याण्ड११.२
३१.   फिनल्याण्ड११.१
३२.             फ्रान्स११.१
३३.             स्विडेन११
३४.            दक्षिण कोरिया१०.५
३५.           जर्मनी१०.४
३६.  आयरल्याण्ड९.७
३७.           न्युजिल्याण्ड८.८
३८.             नर्वे७.९
३९.  डेनमार्क७.९
४०.             क्यानडा७.७
४१.  सिंगापुर७.६
४२.            लक्जेमबर्ग७.१
४३.            यूएई६.५
४४.           अस्ट्रेलिया६.१
४५.          अमेरिका५.७
४६.             स्विट्जरल्याण्ड४.६

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४