close

चाडपर्वमा सुरक्षा दिन ड्रोन र सीसीटिभी प्रयोग गर्दै प्रहरी

टेकपाना टेकपाना

असोज ४, २०७९ १८:२३

चाडपर्वमा सुरक्षा दिन ड्रोन र सीसीटिभी प्रयोग गर्दै प्रहरी

काठमाडौं । नजिकिँदै गरेको चाड दशैं, तिहार र छठ पर्वको अवसरमा सुरक्षा दिन जिल्ला प्रहरी कार्यालय काठमाडौंले ड्रोन र सीसीटिभी प्रयोग गर्ने भएको छ । सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरीले सम्भावित जोखिम नियन्त्रण गर्न यस्ता प्रविधि प्रयोग गर्न लागेको जानकारी दिएको हो ।

यसअनुसार काठमाडौंको मुख्य मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थानहरू, काठमाडौं प्रवेश हुने नाका लगायतका स्थानहरूमा सीसीटिभीबाट गतिविधि निगरानी गरिनेछ । 

त्यसैगरी प्रहरीले विभिन्न स्थानमा ड्रोन पनि प्रयोग गर्ने बताएको छ । भिडभाड हुने र जोखिमयुक्त क्षेत्रमा ड्रोन प्रयोग गरी तस्वीरहरू लिएर सुरक्षा प्रदान गर्ने प्रहरीको योजना छ ।

यस्तै आम नागरिकले भने प्रहरीको मोबाइल एप अथवा सामाजिक सञ्जालबाट आफ्नो गुनासो टिपाउन सक्नेछन् ।

प्रहरी आफैंले पनि फेसबुक, ट्वीटर तथा ट्राफिक प्रहरीको मोबाइल एप लगायतबाट प्राप्त सूचनाका आधारमा पनि कारबाही गरिने बताइएको छ ।

साथै प्रहरीले चाडपर्वको बेला हुनसक्ने सम्भावित जोखिम र यसबाट बच्ने उपायको विषयमा सामाजिक सञ्जालबाट निरन्तर जनचेतनाका कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।  

  

 

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ १८:२३