close

स्मार्टफोनमा जीपीएसको साटो आफ्नै स्वदेशी नेभिगेसन प्रणाली लागू गर्न बाध्य पार्दै भारत

टेकपाना टेकपाना

असोज १४, २०७९ ११:२३

स्मार्टफोनमा जीपीएसको साटो आफ्नै स्वदेशी नेभिगेसन प्रणाली लागू गर्न बाध्य पार्दै भारत

काठमाडौं । भारतले आफ्नै नेभिगेसन प्रणाली प्रयोगलाई अनिवार्य गर्ने भएको छ । यसका लागि भारतले प्रविधिका ठूला कम्पनीहरुलाई केहि महिना भित्र सबै स्मार्टफोनहरु उक्त नेभिगेसन प्रणालीसँग मिल्दो बनाउन आग्रह गरको छ ।

भारतको यो निर्णयले सामसङ, शाओमी र एप्पल जस्ता ठूला कम्पनीलाई ठुलो असर पर्ने देखिएको छ । भारतले आफ्नै नेभिगेसन सिस्टम प्रयोग गर्दा उनीहरुले आफ्नो उत्पादनको हार्डवेयर परिवर्तन गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अघि बढाएको ‘आत्मनिर्भरता’ अभियान अनुरूप भारतले आफ्नो क्षेत्रीय नेभिगेसन स्याटेलाइट प्रणाली, न्याभआईसी (नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन) को प्रयोगलाई अघि बढाएको हो ।

भारत सरकारले यूएस ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) को सट्टा स्थानीय नेभिगेसन प्रयोग गर्दा अर्थतन्त्रलाई समेत फाइदा पुग्ने जनाएको छ ।  हाल चीन, युरोपेली संघ, जापान र रुसले समेत जीपीएसको स्थानमा आफ्नै ग्लोबल वा क्षेत्रीय नेभिगेसन प्रणालीहरू सञ्चालन  गरिरहेका छन् ।

भारतले आफ्नै नेभिगेसन सिस्टम न्याभआईसीको प्रयोग सन् २०१८ बाट सार्वजनिक सवारी साधनहरुमा ट्रयाकरका रुपमा प्रयोगमा ल्याएको हो ।
 

पछिल्लो अध्यावधिक: असोज १४, २०७९ ११:२८