close

नेटवर्क सेवा प्रदायक नेपाल इन्फ्रा एण्ड कम्युनिकेसन प्रालिको लाइसेन्स खारेज

टेकपाना टेकपाना

असोज २७, २०७९ १६:१५

नेटवर्क सेवा प्रदायक नेपाल इन्फ्रा एण्ड कम्युनिकेसन प्रालिको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेटवर्क सेवा प्रदायक नेपाल इन्फ्रा एण्ड कम्युनिकेसन प्रालिको अनुमतिपत्र खारेज गरेको छ ।

ललितपुरमा रहेको यो कम्पनीले नियमानुसार नवीकरणका लागि निवेदन पेश नगरेकोले दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा प्राधिकरणले जनाएको छ ।

साथै नेटवर्क सेवा प्रदायकको सञ्चालन गरे वापत नियमानुसार तिर्नरबुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम तिर्नुरबुझाउनु प्राधिकरणले सूचनामार्फत आग्रह गरेको छ ।

''अन्यथा उपरोक्त बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ,'' सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २७, २०७९ १८:९