close

पासवर्ड प्रणालीलाई विस्थापित गर्दै गुगल

टेकपाना टेकपाना

असोज २८, २०७९ ११:५९

पासवर्ड प्रणालीलाई विस्थापित गर्दै गुगल

काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षाको लागि पासकी प्रणाली सुरु गरेको छ । पासवर्डको साटो अब एन्ड्रोइड र क्रोम प्रयोगकर्ताले आफ्नो अकाउन्टमा लगइन गर्न पासकी प्रयोग गर्न सक्नेछन् । पासवर्डको तुलनामा पासकि सुरक्षित हुने कम्पनीको भनाई छ । एकपटक प्रयोग गरिएको पासकि अर्कोपटक प्रयोग गर्न मिल्दैन । यसले गर्दा पनि प्रयोगकर्ताहरू विभिन्न फिसिङ आक्रमणबाट जोगिन सक्ने कम्पनीले बताएको छ । 

यो फिचर सार्वजनिक गर्ने कुरा कम्पनीले यहि मे महिनामा नै घोषणा गरेको थियो । सो घोषित फिचरलाई कम्पनीले बुधबारदेखि सबै प्रयोगकर्ताको लागि उपलब्ध गराएको हो । पासवर्डलाई विस्थापित गर्नको लागि एप्पल र माइक्रोसफ्टले पासकिलाई स्थापित गर्ने काम गरिरहेको छ । 

कुनै पनि अकाउन्ट लगइन गर्नको लागि पासकी प्रत्येक पटक फरक-फरक राख्नुपर्ने हुन्छ । अकाउन्ट लगइन गर्दा प्रयोगकर्ता आफैले प्रयोग गरिरहेको हो वा होइन भन्ने कुराको पनि कन्फर्मेशन दिनुपर्ने हुन्छ । यसको साथै डिभाइस पासकोड अथवा आफ्नो बायोमेट्रिक प्रयोग गरेर मात्र प्रयोगकर्ताले अकाउन्ट लगइन गर्न सक्नेछन् । 

प्रयोगकर्ताले कुनै वेबसाइटमा लगइन गर्नको लागि पनि आफ्नो फिंगरप्रिन्ट, फेस अथवा स्क्रिन लक प्रयोग गर्न सक्नेछन् । 

पासकि प्रणाली पब्लिक कि क्रिप्टोग्राफी नामक प्रणलाीमा आधारित हुन्छ जसले प्रयोगकर्ताको डिभाइसमा एउटा गोप्य कि स्टोर गरेको हुन्छ भने सार्वजनिक हुने कि अनलाइन सेवा मार्फत उपलब्ध गराइन्छ । लगइन प्रकृयामा उक्त गोप्य किलाई सार्वजनिक गरिएको किले भेरिफाई गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २८, २०७९ १२:२२