close

युक्रेन र पोल्यान्डमा नयाँ ह्याकिङ ग्रुपद्वारा साइबर आक्रमण

टेकपाना टेकपाना

असोज ३०, २०७९ १९:१७

युक्रेन र पोल्यान्डमा नयाँ ह्याकिङ ग्रुपद्वारा साइबर आक्रमण

काठमाडौं । नयाँ ह्याकिङ ग्रुपले युक्रेन तथा पोल्यान्डका यातायात तथा ढुवानी कम्पनीहरू माथि आक्रमण गरेका छन् । नयाँ र्‍यानसमवेयर मार्फत उनीहरूले दुई देशमा साइबर आक्रमण गरेको माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टका अनुसार केही घण्टाको अवधिमा ठुलो मात्रामा साइबर आक्रमण भएको छ । उक्त साइबर आक्रमणमा हालसम्म पहिचानमा आएको कुनै पनि साइबर गुरु नभएको उल्लेख गरिएको छ ।

यसको अर्थ साइबर आक्रमणमा नयाँ ग्रुप प्रवेश गरेको छ । अनुसन्धानका क्रममा यसअघि रसियन सरकारले सहयोग गर्दै आएको साइबर ग्रुपसँग यसको पनि संलग्न रहेको हुनसक्ने देखाएको छ ।

विशेषगरि रुस र युक्रेनबीच जारी युद्ध पश्चात युक्रेनमाथि साइबर आक्रमणका घटना बढ्दै गएका छन् । जसमा रुसी ह्याकरहरूले संलग्नता देखिँदै आएको छ । त्यो हिसाबले हाल आक्रमण गर्ने ह्याकिङ समूह पनि रुसी ह्याकर संलग्न रहेको हुनसक्ने अनुमान गरिएको हो ।

 

 

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ १९:१७