close

फेसबुक र इन्स्टाग्राममा एनएफटी लगायतका नयाँ फिचर उपलब्ध गराउँदै मेटा

टेकपाना टेकपाना

कात्तिक १८, २०७९ १२:५८

फेसबुक र इन्स्टाग्राममा एनएफटी लगायतका नयाँ फिचर उपलब्ध गराउँदै मेटा

काठमाडौं । फेसबुक तथा इन्स्टाग्रामको मुख्य कम्पनी मेटाले आफ्ना प्लेटर्फममा थप नयाँ फिचर उपलब्ध गराउने भएको छ । कम्पनीले यसअघि इन्स्टाग्राममा उपलब्ध गराउँदै आएको नन फन्जिबल टोकन(एनएफटी) को परिमार्जित भर्सनका साथै इन्स्टाग्राम सब्स्क्रिप्सन र फेसबुक स्टार्स लगायतका फिचर उपलब्ध गराउने भएको हो ।

यसैसात आयोजना भएको क्रियटर विक कन्फ्रेन्समार्फत मेटाले यसबारेमा जानकारी दिएको जनाइएको छ । यसअघि मेटाले यही सन् २०२२ को सुरुवातमा इन्स्टाग्राममा एनएफटी सपोर्ट सुरु गरेको थियो । जसमा प्रयोगकर्ताले आफ्नो एनएफटी देखाउन सक्ने बनाएको थियो । नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले आफ्नो छुट्टै डिजिटल संग्रालय बनाएर आफ्ना फ्यानलाई एनएफटी बिक्री गर्न समेत सक्ने छन् ।

यसका साथै कम्पनीले इन्स्टाग्रामका क्रियटरलाई सब्स्क्रिप्सनको सुविधा समेत उपलब्ध गराउने भएको छ । यो फिचर पहिलो चरणमा अमेरिकी प्रयोगकर्तालाई मात्रै उपलब्ध हुने जनाइएको छ । यसमार्फत क्रियटरले आफ्नो कन्टेन्ट मनिटाइज गर्न सक्ने जनाइएको छ ।

इन्स्टाग्रामका साथै फेसबुकमा पनि मेटाले नयाँ फिचर उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले लाईभस्ट्रिमको समयमा क्रियटरलाई सपोर्ट गर्न सक्ने जनाइएको छ । विस्तारै यो फिचर रेगुलर भिडियो, फोटोका साथै टेक्स्टको हकमा समेत लागु हुने अनुमान छ । यसका साथै विश्वका सबै प्रयोगकर्तालाई कम्पनीले प्रोफेसनल मोड उपलब्ध गराउने जनाइएको छ ।
 

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०७९ १२:५८