close

विद्यार्थीलाई रोजगारी दिन ब्रोडवे र कोड हिमालयको समझदारी

टेकपाना टेकपाना

कात्तिक २७, २०७९ १७:४८

विद्यार्थीलाई रोजगारी दिन ब्रोडवे र कोड हिमालयको समझदारी

काठमाडौं । सूचना प्रविधि (आईटी) अध्यनरत विद्यार्थीलाई रोजगारी र इन्टर्नशिपको अवसर दिनको लागि ब्रोडवे इन्फोसिस र कोड हिमालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । गत साता ब्रोडवे इन्फोसिसको कार्यलयमा दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

समझदारी पत्रमा ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारी र कोड हिमालयका प्रमुख कार्यकारी अधिकृत इस्मरान दुवाडीले हस्ताक्षर गरेका हुन् । 

यो साझेदारीले विद्यार्थीहरूलाई भविष्यबारे परामर्श दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ब्रोडवे इन्फोसिस आईएसओ ९००१/२०१५ बाट प्रमाणित कम्पनी हो । यसले विद्यार्थीलाई आईटीसँग सम्बन्धित विभिन्न विषयहरूमा तालिम प्रदान गर्छ । त्यस्तै कोड हिमालयले वेब तथा मोबाइल एप डेभलपमेन्ट लगायतका काम गर्दै आएको छ । 




 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ १८:६