काठमाडौं । विभिन्न ब्रान्डका विद्युतीय उपकरण बिक्री गर्दै आएको बिग डिजिटलले आफ्ना ग्राहकको लागि 'ट्रिपल वर्ल्डकप अफर' ल्याएको छ ।
यसअन्तर्गत ग्राहकले घरमा आफूले प्रयोग गरिरहेका टिभी, वासिङ मसिन, फ्रिज लगायतका विद्युतीय उपकरण नयाँसँग साट्न सक्नेछन् ।
साथै कम्पनीले हरेक हप्ता विभिन्न सामान गिभअवे पनि गर्ने भएको छ भने नयाँ सामानमा विशेष छुट र अफर दिने भएकाे छ ।
''ग्राहकले नयाँ सामान खरिद गर्दा स्क्र्याच कुपन पाउनेछन्, जसअन्तर्गत एक हजारदेखि पाँच हजार रूपैयाँसम्म छुट पाउँछन् । त्यस्तै आईएमई पेका तर्फबाट एक हजार रूपैयाँ छुट पनि पाइन्छ,'' बिग डिजिटलका प्रतिनिधि रामचन्द्र मगरले जनाए ।