काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकहरूलाई मिटर जडानमा कुनै समस्या भए अथवा समयमा जडान नभएमा सम्पर्क गर्न आग्रह गरेको छ । सिङ्गल फेज मिटर कनेक्सन र थ्री फेज मिटर कनेक्सन आफूले आवेदन दिएको पाँच देखि १० दिन भित्र नभएमा प्राधिकरणलाई सम्पर्क गर्न आग्रह गरिएको हो ।
प्राधिकरणले एक सूचना जारी गर्दै ग्राहकलाई यस्तो अनुरोध गरेको छ । आफ्ना ग्राहकलाई छिटो र छरितो सेवा प्रवाह गर्नका लागि प्राधिकरण सधैं अग्रसर रहेको भन्दै प्राधिकरणले जडानमा ढिलाइ भए फोन गरेर आफ्नो गुनासो टिपाउन सकिने बताएको छ ।
प्राधिकरणलाई मिटर जडान ढिलाइ भएको सम्बन्धमा ९८५१३२२११७ मा फोन गर्न सकिनेछ ।