close

अबदेखि दिउँसो साढे ३ बजे ई-पासपोर्टको अनलाइन आवेदन खुल्ने

टेकपाना टेकपाना

पुस ४, २०७९ १८:११

अबदेखि दिउँसो साढे ३ बजे ई-पासपोर्टको अनलाइन आवेदन खुल्ने

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानीका लागि बायोमेट्रिकको अपोइन्टमेन्ट डेट बुकिङ गर्ने समय बदलेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै विभागले यस्तो निर्णय गरेको हो । यसअघि दैनिक विहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने गरेकोमा भोलि अर्थात् मंगलबारदेखि अपरान्ह साढे ३ बजे एपोइन्टमेन्ट डेटको बुकिङ खुल्नेछ ।

''राहदानी विभागले मिति २०७१।०४।१७ देखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि एपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने गरेकोमा प्रायजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरूले पनि सोही समयको आसपासमा बुकिङ खोल्ने गरेको जानकारी प्राप्त हुन आएको छ,'' सूचनामा लेखिएको छ, ''जसकारण विभागको सर्भरमा अत्यधिक चाप पर्न गई वेबसाइटको पेज खुल्न समय लाग्ने र हाइ ट्राफिक भोलुम भन्ने मेसेज देखाउने गरेको छ ।''

यही समस्याले गर्दा विभागको आइतबारको निर्णयानुसार (महनिर्देशकस्तर) विभागले मंगलबारबाट अपरान्ह साढे ३ बजे एपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ १८:११