close

ट्वीटर प्रमुखबाट राजीनामा दिने एलन मस्कको घोषणा

टेकपाना टेकपाना

पुस ६, २०७९ १०:४८

ट्वीटर प्रमुखबाट राजीनामा दिने एलन मस्कको घोषणा

काठमाडौं । टेस्ला तथा ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले कम्पनीको सीईओका लागि ‘‘योग्य मूर्ख’’ व्यक्ति फेला परेपछि आफूले पद त्याग गर्ने ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

‘‘म कम्पनीको सीईओका लागि ‘‘योग्य मूर्ख’’ व्यक्ति फेला परेपछि जतिसक्दो चाँडो पद त्याग गर्नेछु र आफू सफ्टवेयर र सर्भरको टोलीलाई सञ्चालन गर्छु’’, उनले गरेको ट्वीटमा उल्लेख छ ।

यसअघि पनि अर्बपति मस्कले ट्वीटरमा एउटा सर्वेक्षण गर्दै आफूले राजीनामा दिने संकेत दिएका थिए । तीन दिन अघिको उक्त ट्वीटर सर्वेक्षणमा एक करोड ७० लाख प्रयोगकर्ता सहभागी भएका थिए । जसमा ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए ।

उनले केही महिना अघि मात्रै ट्वीटर खरिद गरेका हुन् । मस्कले ट्वीटर खरिद गरेसँगै ट्वीटरमा धेरै परिवर्तन भएका छन् । जसको धेरै आलोचना समेत भइरहेको छ । 


 

पछिल्लो अध्यावधिक: पुस ६, २०७९ १२:३८