close

३ लाख नगदसहित वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै एनसेल

टेकपाना टेकपाना

पुस ६, २०७९ १९:४९

३ लाख नगदसहित वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै एनसेल

काठमाडौं । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले 'वुमन आइकन आईसीटी' अवार्ड प्रदान गर्ने भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा लिभिङ विथ आईसीटीको आयोजना हुने आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्न लागेकाे हाे ।

याे अवार्ड विजेतालाई तीन लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ । ​एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलालाई सम्मान र उत्प्रेरित गर्न अवार्ड प्रदान गर्दै आएको छ ।

गत वर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’बाट सम्मानित भएकी थिइन् ।

पछिल्लो अध्यावधिक: पुस ६, २०७९ १९:५१