close

ह्वावे फोन चलाउनु हुन्छ ? यसरी डाउनलोड गर्नुहोस् गुगल सर्भिस

टेकपाना टेकपाना

पुस १६, २०७९ १५:४१

ह्वावे फोन चलाउनु हुन्छ ? यसरी डाउनलोड गर्नुहोस् गुगल सर्भिस

काठमाडौं । सन् २०१९ मा अमेरिकी सरकारले ह्वावेमाथि प्रतिबन्ध लगाएदेखि नै याे कम्पनीका नयाँ स्मार्टफोनमा गुगलका आधिकारिक रुपमा प्रयोग गर्न सकिन्न । अमेरिकी प्रतिबन्धपछि ह्वाले आफ्नै अपरेटिङ सिस्टम र एप स्टोर (एप ग्यालरी) का साथ स्मार्टफोन उत्पादन गर्न थाल्यो । 

एन्ड्रोइडमा बानी बसेका धेरै प्रयोगकर्ताले ह्वावे ब्रान्ड छाडे । ​केही प्रयोगकर्ताले भने ह्वावेसँगै अर्को एन्ड्राेइड फोन पनि प्रयोग गरिरहेका छन् । तर गुगल सर्भिस नै मन पराउने हकमा ह्वावेमा विकल्प भने छ, जुन कुरा धेरैलाई थाहा नहुन सक्छ ।

यसको लागि 'गुगलफायर' एप प्रयोग गर्न सकिन्छ । ह्वावेमा गुगलका एपहरू प्रयोग गर्न 'गुगलफायर' एपीकेले मद्दत गर्छ । यो एप डाउनलोड गरेपछि तपाईँले अन्य एन्ड्रोइड फोनमा जस्तै ह्वावेमा पनि गुगल एपहरू सहजै प्रयोग गर्न सक्नुहुन्छ । तर यसका लागि तपाईँको डिभाइसमा 'ईएमयूआई टेन' (EMUI 10) अपडेट आवश्यक पर्छ । 

यदि अहिले तपाईँले प्रयोग गरिरहनु भएको ह्वावे स्मार्टफोनमा 'ईएमयूआई इलेभेन' (EMUI 11) छ भने यसलाई डाउनग्रेड गरेर ईएमयूआई टेनमा लानुपर्ने हुन्छ । यसपछि मात्र गुगलफायर प्रयोग गरेर गुगल एप इन्स्टल गर्न सक्नुहुन्छ । 

यस्तै अर्को उपाय भनेको 'जी-स्पेस' एप हो । यो एप पनि ह्वावेको 'एप ग्यालरी'बाट डाउनलोड गर्न सकिन्छ, जसमार्फत अन्य गुगल एपहरू प्रयोग गर्न सकिन्छ ।

तर जी-स्पेसको एउटा बेफाइदा भनेको यसले धेरै ब्याट्री खपत गर्छ । साथै यसमा धेरै विज्ञापनहरू हुन्छन् र बेलाबेलामा एपहरू क्रयास हुनसक्छ ।

यसको सट्टा जीबक्स एपस्टाेर (Gbox appstore) प्रयोग गरेर पनि गुगल एपहरू प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०७९ १८:१२