close

एनसेलको ‘मेरो प्लान’

टेकपाना टेकपाना

असोज १, २०७६ २२:१५

एनसेलको ‘मेरो प्लान’

एनसेलले मेरो प्लान नामक नयाँ योजना ल्याएको छ । प्रिपेड ग्राहकलाई लक्षित गर्दै ल्याइएको यस योजनामा ग्राहकले सुलभ दरमा मोवाइल डेटा, भ्वाइस र एसएमएस प्रयोग गर्न पाउनेछन। यो योजना असोज १ गतेबाट लागु भएको छ ।

यस योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । जसमा ग्राहकले अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन । उललेखित प्लान अन्तर्गत ग्राहकले एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सकिने छ ।

प्रत्येक प्लानमा बण्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुनेछ । ग्राहकले तत्काल थप डेटा प्याक लिएर सेवाको उपयोग गर्न सक्नेछन् । ग्राकहले करसहित दुई सय ५४.१० रुपैयाँमा एक जीबी डेटा र करसहित १.२८ रुपैयाँ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न पाउने गरि प्लान १९९ ल्याएको छ ।यस प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा करसहित ८९.३८ रुपैयाँमा थप एक जीबी प्याक लिन सकिने छ ।

त्यस्तै ग्राहकले करसहित तीन सय ८१.७९ रुपैयाँमा ३ जिबी डेटा भोल्युम प्रास्त गर्ने र १.१५ रुपैयाँ प्रति मिनेट एनसेल नेटवर्क भित्र कल गर्न पाउने गरि प्लान २९९ ल्याएको छ । यसमा डेटा भोल्युम समयसीमा अगाडि सकिएमा एक सय २७.६९ रुपैयाँमा थप २ जीबी प्याक लिन सकिनेछ ।

एनसेलको मेरो प्लानमा ६ जीबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान ७९९ पनि रहेका छन् । ग्राहकले ६ सय ३७.१७ रुपैयाँ मा प्लान ४९९ लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मासिक रुपमा बढी डेटा चलाउनेका लागि प्लान ९९९ ल्याएको छ । यस प्लानमा १२ सय ७५.६२ रुपैयाँमा २५ जिबी डेटा र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस प्रयोग गर्न सकिने छ । डेटा समयावधि अगाडि नै सकिएमा पाँ सय १०.७६ रुपैयाँमा थप १० जीबी डेटा लिन सकिने छ ।

उल्लेखित पाँचमध्ये कुनै पनि प्लान लिने ग्राहकले करसहित ०.६४ रुपैयाँमा एनसेल नेटवर्क भित्र एसएमएस पठाउन सक्नेछन् । प्लानको प्रयोग अवधि ३० दिन हुनेछ । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि भने सात दिनमात्रै हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३