close

ट्विटर र ट्विटडेक्स समस्या

टेकपाना टेकपाना

असोज १५, २०७६ १५:४३

ट्विटर र ट्विटडेक्स समस्या

तपाईंको ट्विटर र ट्विटडेक्समा मात्रै समस्या देखिएको हैन् । आज ट्विटरमा विश्वभर डरलाग्दो समस्या देखा परेको छ । जसको प्रभाव नेपालमा पनि देखिएको हो ।

युरोप र एशिया महाँदेशका ट्विटर प्रयोगकर्ताले बिहानैबाट समस्या बेहोरिरहेका छन् । मिडिया कन्टेन्ट र पोल्सहरु ट्विटरमा पोष्ट गर्न नसकिएको भनी सबैभन्दा बढी गुनासो आएको उल्लेख छ ।

कतिपय प्रयोगकर्ताले भने सामान्य ट्विट गर्नपनि समस्या भइरहेको उल्लेख गरिरहेका छन् । कतिपय प्रयोगकर्ताले आफ्नो ट्विटमा आएको पछिल्लो कमेन्ट नै नदेखिएको भनिरहेका छन् । पुरानो भर्जको ट्विटरमा सोहि कमेन्ट देखिएको र नयाँ भर्जनमा भने नदेखिएको भन्दै केहीले ट्विट समेत गरिरहेका छन् ।

ट्विटरका प्रवक्ताले पनि ट्विटरमा समस्या आएको स्विकार गरेका छन् । ट्विट सपोर्टमार्फत उनले ट्विटर र ट्विटडेक्स दुबैमा समस्या देखापरेको र त्यसको समाधानको लागि काम भइरहेको बताएका छन् । यसको असर डाइरेक्ट म्यासेज-डीएममा पनि परेको छ ।

पछिल्लो समय ट्विटरमा बारम्बार यस्ता खाले समस्याहरु देखा परिरहेका छन् । तीन महिना अघि एक घन्टा भन्दा बढी यस्तै किमिसको समस्या ट्विटरमा देखा परेको थियो । त्यसबेला ट्विटरको इन्टरनल कन्फिग्रेसनमा परिवर्तन हुँदा त्यस्तो भएको ट्वीटरले बताएको थियो । अहिलेको समस्या के हो भन्ने कुरा कुनै आधिकारिक रुपमा ट्विटरले अहिलेसम्म जनाकारी गराएको छैन।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३