close

अब एन्ड्रोइडको अपडेट ४ वर्षसम्म आउने

टेकपाना टेकपाना

पुस ५, २०७७ १६:१६

अब एन्ड्रोइडको अपडेट ४ वर्षसम्म आउने

काठमाडौं । गुगल र क्वालकमले एन्ड्रोइड स्मार्टफोनको अपडेट अझ सहज बनाउने भएका छन् । त्यसका लागि दुई कम्पनीले हाल ‘प्रोजेक्ट ट्रेबल’ मा काम गरिरहेको बताइएको छ ।

जसमार्फत एन्ड्रोइड फोन प्रयोगकर्ताले चार वर्षसम्म निरन्तर अपडेट पाउनेछन् । यो सेवा स्नापड्रागन चिपसेटमा आधारित डिभाइसबाट उपलब्ध गराइने उल्लेख छ ।

दुई कम्पनीको सहकार्यमा चलिरहेको यो प्राजेक्ट सन् २०२१ भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । यदि समयमै परियोजना सम्पन्न भएको खण्डमा सन् २०२१ मा निर्मित फ्ल्यागशिप फोनका प्रयोगकर्ताले यो सुविधा उपयोग गर्न पाउने छन् ।

यसले सफ्टवेयरको लागत घटाउने अपेक्षा समेत गरिएको छ । किनभने, प्रयोगकर्ताले कुनै सफ्टवेयर थप नगरी चार वर्षसम्म निरन्तर अपडेट पाउने हुँदा त्यसले लागत समेत कम गर्ने बताइएको छ ।

त्यतिमात्र नभर यो प्रोजेक्टको उद्देश्य अपडेटको अन्तरलाई कम गर्नु पनि रहेको छ । यस विषयमा हालसम्म स्मार्टफोन उत्पादकले भने कुनै आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।

एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०