काठमाडौं । यदि तपाईं सूचना प्रविधिमा रुची राख्नुहुन्छ भने पक्कै पनि डेभअप्स (DevOps) को बारेमा कहिँ कतै देख्नु वा सुन्नु भएकै होला । आखिर यो के हो ? अनि यसको प्रयोग कुन क्षेत्रमा किन हुन्छ ?
तपाईंको मनमा यस्तै प्रश्न छन् भने आज हामी तपाईंलाई यसको बारेमा बताउँदै छौं । सफ्टवेयर अहिलेको विश्वमा एउटा स्थापित ठूलो उद्योग बनिसकेको छ ।
त्यसैले यसको विकास, गुणस्तर र सुरक्षाको विषय समेत महत्वपूर्ण बनेको छ । यसैअनुरुप डेभअप्सको आविष्कार भएको हो ।
पछिल्लो समय डेभअप्सको प्रयोग बढ्दै जाँदा डेभअप्स इन्जिनियरहरुको माग पनि निकै मात्रामा बढेको छ ।
यस्ता धेरै डेभअप्स इन्जिनयरहरु छन्, जसले डेभअप्स टुलहरुको सीप सिकेर राम्रो जागिर गरिरहेका छन् । डेभअप्स इन्जिनियरहरुको तलव पनि आकर्षक हुनेगरेको छ ।
के हो डेभअप्स ?
डेभअप्स एउटा सफ्टवेयर डेभलपमेन्ट सिस्टम (विकास प्रणाली) हो । जसबाट सफ्टवेयर डेभलपर तथा आईटी पेशाकर्मीहरुबीच सञ्चार, सहयोग र एकीकरणको काम हुने गर्दछ ।
साधारण भाषामा भन्नुपर्दा डेभलपमेन्ट (विकास) र अपरेसन (सञ्चालन) को संक्षिप्त रुप नै डेभअप्स हो । डेभअप्सको उपयोग खासगरी उत्पादन वा सेवाको मूल्याङ्कन छिटो छरितो रुपमा सम्पन्न गर्ने कार्यका लागि हुने गर्दछ ।
जसबाट सेवा तथा उत्पादनको विकासमा आउनसक्ने जोखिम कम हुनपुग्छ । यसका साथै लागत समेत कम हुने र सेवा तथा वस्तुको गुणस्तर समेत वृद्धिमा समेत यसले सघाउ पुर्याउँछ ।
डेभअप्समा प्रडक्ट डेलिभरी, क्वालिटी टेस्टिङ, फिचर डेभलपमेन्ट र मेन्टिनेन्समा ध्यान दिइन्छ । जसबाट विश्वसनीयता, सुरक्षा, तीव्र विकास र विकास चक्रमा सुधार आउँदछ ।
यसका लागि डेभअप्स एजिल तथा अर्को सफ्टवेयर डेभलपमेन्ट प्रोसेस अपनाउने गरिन्छ ।डेभलपर, टेस्टर र अपरेसन तथा बिजनेस सर्भिस टिम बीच हुने ग्याप पुरा गर्नका लागि डेभअप्स अवधारणाको आवश्यकता महसुस गरिएको हो ।
वास्तवमा डेभलपमेन्ट सिस्टम र प्रडक्सन सिस्टम फरक फरक हुने गर्दछन् । यस्तोमा कोडमा कोडमा हुने सामान्य हेरफेरले समेत त्यसको प्रभावलाई फरक पार्न सक्दछ ।
यी दुई टिम बीच हुने अन्तरलाई मेटाउनकै लागि डेभअप्सको अवधारणा आएको हो । जसबाट डेभलपमेन्ट सिस्टम तथा प्रडक्सन सिस्टमबीचको ग्याप कम गरिन्छ ।
यसको अर्थ डेभलपर टिम वा अपरेसन टिमबीच कोडमा हुने बदलावको अन्तर जान्न, डेभलपमेन्ट प्रोसेसलाई अटोमेसन गर्न र सञ्चार तथा सहयोग बढाउन यसले महत्वपूर्ण भूमिका खेल्दछ ।
सन् २००९ मा बेल्जियममा डेभअप्सको पहिलो सम्मेलन आयोजना गरिएको थियो । प्याट्रिक डेभिस उक्त सम्मेलनका संस्थापक तथा आयोजक थिए ।
अहिलेको समयसम्म आइपुग्दा यो क्रमशः अन्य देशमा समेत विस्तार हुँदै गएको छ । डेभअप्स टुलचेन्सः डेभअप्सलाई एउटा क्रश फंसनल मोड समेत मान्ने गरिन्छ ।
जसमा विभिन्न प्रकारका विधि र टुलको प्रयोग गरिन्छ । जसलाई टुल्सचेन्स भन्ने गरिन्छ । जसलाई निम्नअनुसार विभाजन गरेर हेर्न सकिन्छ ।
कोडिङः कोड डेभलप, टेस्ट, सोर्सकोड म्यानेजमेन्ट टुल र कोड मर्जिङ
मनिटरिङः एप्लिकेसन पर्फर्मेन्स मनिटरिङ तथा क्लाइन्टको प्रतिक्रिया ।
डेभअप्स अटोमेसन
डेभअप्समा धेरैभन्दा धेरै अटोमेसनको प्रयोग गरिएको हुन्छ । अटोमेसन गर्नका लागि कन्टेनेरिजेसन तथा भर्चुअल मशिनको माध्यमबाट रअ प्याकेजिङ प्लेटफर्म, एप्लिकेसनमा रियुजेबल बिल्डिङ ब्लक गरिन्छ ।
आईटी क्षेत्रमा डेभअप्सको उपयोगका दौरान अनेकौं टुलमा निर्भर हुनुपर्छ । जुन सिस्टम डेभलपमेन्ट लाइफ साइकलका लागि अत्यावश्यक हुन्छन् । इन्फ्रास्टक्चर एज अ कोड, सीआई/सीडी, टेस्ट अटोमेसन, कन्टेनेरिजेसन, अर्केस्टेरियन, सफ्टवेयर डेभलपमेन्ट, सफ्टवेयर मिजरमेन्ट आदि यसका केही उदाहरण हुन् ।
डेभअप्सको लक्ष्य
हरेक नयाँ विकास हुने प्रविधिको पछाडि कुनै न कुनै लक्ष्य भएकै हुन्छ । त्यसैगरी डेभअप्स प्रविधि पनि केही लक्ष्य पुरा गर्ने उद्देश्यका साथ नै तयार पारिएको हो । जसबाट डेभलपमेन्टको गति फास्ट हुन्छ ।
गतिशिल बजारअनुरुप चल्न सक्छ । कोडमा हुने परिवर्तनलाई बुझ्न सजिलो हुन्छ । असफलताको दर घटाउन मद्दत पुग्छ । अटोमेट टेस्टिङका साथै सफ्टवेयरको भर्सन नियन्त्रणमा राख्न सघाउ पुग्छ ।
यस्ता छन् डेभअप्स टुल
डेभअप्स लोकप्रिय प्रविधिको रुपमा उदाएको छ । जसका कारण बजारमा डेभअप्स टुल समेत आइरहेका छन् । जसमा केही टुल्सहरु यसप्रकार छन्; स्ल्याक, जेनकिन, फ्यान्टम, डोकर, न्यागियस, अनसिबल, भेग्रेन्ट, बिटबकेट, गिटहब र सेन्ट्रे ।
डेभअप्समा रोजगारी
यदि डेभअप्सको रोजगारिको कुरा गर्ने हो भने यो एक विश्व प्रशिद्ध प्रविधि भएका कारण यसमा भविष्यमा रोजगारीको संभावना पनि एकदमै धेरै छ । आज पनि अनेकौंले डेभअप्स इन्जिनियरको रुपमा रोजगारी पाइरहेका छन् ।
यसका लागि तपाईंसँग डेभअप्सको सीप भने हुन जरुरी छ । जसमा डेभअप्स टुल्सको जानकारीका साथै यसको बारेमा सिकाई आवश्यक हुन्छ ।