close

बीओकेका क्रेडिट कार्ड ग्राहकले बिना ब्याज किस्तामा गरगहना किन्ने पाउने

टेकपाना टेकपाना

माघ २९, २०७७ १४:३१

बीओकेका क्रेडिट कार्ड ग्राहकले  बिना ब्याज किस्तामा गरगहना किन्ने पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदको लागि ईएमआई सुविधा ल्याएको छ । आफ्ना क्रेडिट कार्डवाहक ग्राहकहरुका लागि लक्षित गर्दै बैंकले बालाजी डायमण्ड, विशाल बजार र बालाजी डायमण्ड एण्ड ज्वेलर्स र लबिम मलसँगको सहकार्यमा यस्ताे अफर ल्याएको हो ।

अफर अन्तर्गत ग्राहकहरुले ४० हजारदेखि ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन् । यो योजनाबाट गरगहना खरिद गर्ने ग्राहकहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नेछन् भने १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरुलाई २ महिनाको किस्ता छुट हुनेछ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१