close

टेलिकमको वासलातमा कोरोना ‘इफेक्ट’, नाफा दुई अर्बले घट्दा आम्दानी एक अर्ब ३० करोड गुम्यो

टेकपाना टेकपाना

माघ ३०, २०७७ ८:१९

टेलिकमको वासलातमा कोरोना ‘इफेक्ट’, नाफा दुई अर्बले घट्दा आम्दानी एक अर्ब ३० करोड गुम्यो

काठमाडौ । कोरोना सङ्क्रमणका कारण दूरसन्चार सेवा प्रदायकले चालू आर्थिक बर्षमा नकारात्मक असर व्यहोरिरहेका छन । ईन्टरनेटको प्रयोग बढ्दा अन्तर्राष्ट्रिय कलबापत हुने ठूलो आम्दानी गुमाइरहेका सेवा प्रदायकका पछिल्लो हिसाबकिताबमा सङ्कुचन देखिन थालेको छ।

सरकारी लगानीको नेपाल टेलिकम पनि कोरोनाको यो सङ्क्रमणबाट टाढा छैन । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक बर्ष २०७७/७८ को अपरिस्कृत अर्धबार्सिक वित्तीय विवरण अनुसार टेलिकमको आम्दानी एक अर्ब ३० करोड रुपैयाँ भन्दा बढी गुमेको छ ।

त्यतिमात्र हैन खुद नाफामा टेलिकमलाई थप असर परेको छ । गत आवको छ महिनाको तुलनामा करिब दुई अर्ब रुपैयाँले कम्पनीको खुद नाफा घटेको छ । वित्तीय विवरण अनुसार टेलिकमको आम्दानी पुससम्म करिब २० अर्ब ५९ करोड पुगेको छ ।

जबकी गत बर्ष पुससम्म कम्पनीले करिब २१ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको थियो । कुल आम्दानीमध्ये सेवा विक्री गरेर कम्पनीले १७ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

जुन गत आवको पुससम्म १८ अर्ब रुपैयाँ थियो । त्यस्तै गत पुससम्म ७ अर्ब १५ करोड खुद नाफा गरेको कम्पनीको खुद नाफा समीक्षा अवधीमा ५ अर्ब २० रुपैयाँ पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१