close

नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पूर्ण खेल एक्सन स्पोर्टसमा

टेकपाना टेकपाना

साउन ८, २०७८ १७:३७

नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पूर्ण खेल एक्सन स्पोर्टसमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच घरेलु घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ ।

शुक्रबार डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हाे ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पीएम कप तथा मेयर्स कपका महिला/पुरुष गरी ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

आगामी दिनमा क्यानद्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रसारण हुने गरी नयाँ सम्झाैता भएकाे हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५