close

देशका ६८ जिल्लामा पुग्यो टेलिकमको फाइबर इन्टरनेट

टेकपाना टेकपाना

माघ २२, २०७९ १३:२३

देशका ६८ जिल्लामा पुग्यो टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा देशका ६८ जिल्लामा विस्तार भएको छ । 

कम्पनीले तीन वर्ष अघि मात्रै यो सेवा सुरु गरेकाे भएपनि छोटो समयमा ६८ जिल्लामा पुगी सकेकाे कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले जानकारी दिएका हुन् ।

कम्पनीको १९ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटीटीएच सेवाको योजनालाई देशव्यापी विस्तार गरिरहेको जनाकारी दिए । 

उनले मुलुकका ६८ वटा जिल्लामा विस्तार गरिएको एफटीटीएच सेवा बाँकी अन्य स्थानहरूमा पुर्‍याउने योजना पनि अगाडि बढाइएको बताएका छन् । 

पछिल्लो अध्यावधिक: माघ २२, २०७९ २०:१६