close

भिडिओ कल गर्दै अरु काम पनि गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

फागुन ७, २०७९ १०:८

भिडिओ कल गर्दै अरु काम पनि गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । अब आईफोन प्रयोगकर्ताले ह्वाट्सएपमा भिडिओ कल गर्दा गर्दै अन्य काम पनि गर्न पाउने भएका छन् । कम्पनीले गत डिसेम्बरमा घोषणा गरेको यो 'पिक्चर-इन-पिक्चर' फिचर आईफोन प्रयोगकर्ताको लागि नयाँ अपडेटसँगै उपलब्ध हुने बताएको छ । 

यो फिचर केही आईफोन प्रयोगकर्ताको लागि बेटा भर्सनको रुपमा उपलब्ध गराइएको थियो । अब भने सबै आईफोन प्रयोगर्ताले प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । आईओएस १२ भन्दा माथिको ओएस भएको आईफोनमा मात्र यो फिचर सपोर्ट गर्नेछ ।

यो फिचर ह्वाट्सएपको २३.३.७७ अपडेटसँगै उपलब्ध हुनेछ । हाल ह्वाट्सएपमा भिडिओकलको बिचमा अन्य च्याट गर्‍यो भने अथवा फोटो/भिडिओ सेन्ड गरियो भने भिडिओ पज हुने व्यवस्था छ । तर अब यो फिचरसँगै प्रयोगकर्ताले भिडिओ पज नभइ अन्य कामहरू पनि गर्न सक्नेछन् । 

योसँगै ह्वाट्सएपले नयाँ फिचरहरू पनि थप गर्ने भएको छ । अब प्रयोगकर्ताले कुनै डकुमेन्टहरू पठाउँदा क्याप्सन लेख्न सक्नेछन्  भने ग्रुप च्याटहरूमा राखिन डिस्क्रिप्सनको स्पेस पनि धेरै बनाइएको छ । साथै आफ्नै अवतारको स्टिकर बनाएर च्याटहरूमा प्रयोग गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: फागुन ७, २०७९ १०:८