close

विद्युतीय मोटरसाइकल पनि बनाउँदै बीवाईडी, कहिले आउला बजारमा ?

टेकपाना टेकपाना

फागुन २८, २०७९ १९:३९

विद्युतीय मोटरसाइकल पनि बनाउँदै बीवाईडी, कहिले आउला बजारमा ?

काठमाडौं । बीवाईडीका कर्मचारीले परीक्षणका क्रममा रहेको  एक विद्युतीय मोटरसाइकलको तस्वीर चीनियाँ सञ्चार माध्यमहरूमा छाइरहेको छ । चीनको एक पत्रिका द इकनोमिक अबजर्भरले बीवाईडीले एक अर्को कम्पनीसँगको सहकार्यमा विद्युतीय मोटरसाइकल बनाउन लागेको समाचार प्रकाशित गरेको छ ।

त्यसो त गत वर्ष नै बीवाईडीले स्पेनिस मोटरसाइकल ब्रान्ड नेर्भासँगको सहकार्यमा विद्युतीय मोटरसाइबल बनाउने विषय बाहिर आएको थियो । मोटरसाइकलमा बीवाईडीको आइरन फोस्फेट ब्याट्री रहनेछ, जसले १२.१ किलोवाटको अधिकतम पावर र १२५ किमि प्रति घण्टाको अधिकतम गति दिनेछ ।

बीवाईडी मोटरसाइकल बनाउने पहिलो अटोमोबाइल कम्पनी भने होइन । जुन २०२१ मा चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयको घोषणामा गुवान्सी अटोमोबाइल ग्रुपको भर्खरै निर्मित मोटरसाइकल इन्टरप्राइज देखिएको थियो ।

अगस्ट २०२१ मा ग्रेट वाल मोटरले मोटरसाइकलको अनुसन्धान तथा विकास, निर्माण तथा बिक्रीका साथै मोटरसाइकलका पार्टपुर्जा र एक्सेसरिज तयार पार्न नयाँ कम्पनी खडा गरेको थियो ।

ग्रेट वाल मोटरले मोटरसाइकल बजारका लागि ५५ करोड ६० लाख युआन अर्थात सात करोड ९० लाख अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । जसबाट डिसेम्बर २०२३ मा वार्षिक १० हजार मोटरसाइकलको निर्माण सम्पन्न हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: फागुन २८, २०७९ १९:३९