close

आईफोन प्रयोगकर्ताको लागि ह्वाट्सएपको नयाँ फिचर, सिधैँ फोटोबाट टेक्स्ट कपि गर्न सकिने

टेकपाना टेकपाना

चैत ३, २०७९ ९:२०

आईफोन प्रयोगकर्ताको लागि ह्वाट्सएपको नयाँ फिचर, सिधैँ फोटोबाट टेक्स्ट कपि गर्न सकिने

काठमाडौं । ह्वाट्सएपले आईफोन प्रयोगकर्ताको लागि नयाँ फिचर ल्याएको छ । अब आईफोन प्रयोगकर्ताले ह्वाट्सएपका फोटोबाट सिधैँ टेक्स्ट कपि गर्न सक्नेछन् । 

यो भन्दा अगाडि ह्वाट्सएपको फोटोलाई डिभाइसमा सेभ गरेर मात्र टेक्स्ट कपि गर्न सकिन्थ्यो । अब भने सोझै ह्वाट्सएपमा नै फोटोबाट टेक्स्ट कपि गर्न सकिनेछ । 

कम्पनीले आईओएस १६ को एपीआई मार्फत यो फिचर उपलब्ध गराउन लागेको हो । हालसम्म यो फिचर केही बेटा प्रयोगकर्ताहरूले मात्र प्रयोग गरिरहेका थिए । अब भने सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन् । 

आफ्नो ह्वाट्सएप अपडेट गरिसकेपछि मेसेजमा भएको फोटो ओपन गर्न अब एउटा नयाँ टेक्स्ट बटन देख्न सकिनेछ । फोटो ‌ओपन गरेर उक्त बटनमा क्लिक गरेपछि टेक्स्ट कपि गर्न सकिनेछ । 

यद्यपि यो फिचर 'भिउ वान्स इमेज' मा शेयर गरिएका फोटोमा भने लागू हुने छैन ।    

पछिल्लो अध्यावधिक: चैत ३, २०७९ ९:२०