close

वार्षिक उत्सवको अवसरमा नयाँ म्याप सार्वजनिक गर्दै पब्जी

टेकपाना टेकपाना

चैत ५, २०७९ ८:३७

वार्षिक उत्सवको अवसरमा नयाँ म्याप सार्वजनिक गर्दै पब्जी

काठमाडौं । चर्चित अनलाइन गेम 'प्लेयर अननोन्स ब्याटलग्राउन्ड्स' अर्थात पब्जीले आफ्नो छैठौं वार्षिक उत्सव मनाउँदैछ । यही अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि पब्जीका डेभलपर क्राफ्टनले नयाँ म्यापसँगै केही नयाँ अपडेटहरू पनि लिएर आउने भएको छ । 

एक ब्लग सार्वजनिक गर्दै क्राफ्टनले नयाँ म्याप सार्वजनिक गर्ने तयारी गरिरहेको बताएको हो । हाल उक्त म्यापको नाम 'नियोन' भनेर राखिएको छ । यो म्याप पहिलेका म्यापहरूभन्दा धेरै फरक हुने क्राफ्टनको भनाइ छ । 

क्राफ्टनका अनुसार यो म्यापमा नयाँ र फरक वातावरण हुनेछ जहाँ आधुनिक शहरका साथै शहरी जंगलको अनुभव गर्न सकिन्छ । यसका साथै एक ठाउँबाट अर्को ठाउँमा जानको लागि यस म्यापमा विभिन्न प्रकारका सवारीको व्यवस्थापन गरिएको छ । 

खेलाडीका लागि बाटो, आकाश र पानीमा यात्रा गर्नको लागि फरक-फरक साधनको व्यवस्थापन गरिएको क्राफ्टनले ब्लगमा उल्लेख गरेको छ । 

यसका साथै क्राफ्टनले पुराना म्यापहरूमा पनि थुप्रै अपडेटहरू दिएको जनाएको छ ।  
  

पछिल्लो अध्यावधिक: चैत ५, २०७९ ९:६