close

एक करोड पुरस्कार राशि रहेको पीएमपीएलको फाइनलमा सात नेपाली पब्जी टिम

टेकपाना टेकपाना

साउन २९, २०८० १७:१७

एक करोड पुरस्कार राशि रहेको पीएमपीएलको फाइनलमा सात नेपाली पब्जी टिम

काठमाडौं । पब्जीको करिब एक करोड रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ को फाइनलका लागि सात नेपाली टिम छनोट भएका छन् ।

करिब एक महिनादेखि सुरु भएको प्रतियोगितामा कूल २० टिम सहभागी थिए । तीन साताको लिग चरणको खेलपछि नौ नेपाली टिममध्ये सात टिमले अङ्क तालिकाको शीर्ष १६ भित्र पर्दै फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

नेपाली टिम ज्यानमारा इलिमेन्ट्रिक र एएसएल डोमिनेसन क्रिउ अङ्क तालिकामा क्रमश: २०औँ र १८औँ स्थानमा रहँदै बाहिरिएका छन् । लिग चरणको अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा मङ्गोलियन टिम क्रमश: स्टलवार्ट ई-स्पोर्ट्स र फोमिराकल भाइब्स रहेका छन् । ​स्टलवार्ट ई-स्पोर्ट्सको ५१६ र फोमिराकल भाइब्सको ४९१ पोइन्ट रहेको छ ।

तेस्रो स्थानमा ४३८ पोइन्ट सहित नेपाली टिम स्काइलाइट गेमिङ रहेको छ । चौंथो स्थानमा रहेको रअ ई-स्पोर्ट्सको ४२३ पोइन्ट रहेको छ ।

अन्य नेपाली टिमको कुरा गर्नुपर्दा पाँचौ स्थानमा टीटूके ई-स्पोर्ट्स, नवौँ स्थानमा डीआरएस गेमिङ र १२औँ स्थानमा लियो ई-स्पोर्ट्स रहेका छन् । डेडआइज गाइज र वि वन इलुमिनेट क्रमश: १४ औँ र १६ औँ स्थानमा रहेका छन् ।

यो प्रतियोगिताको फाइनल १८ अगस्टदेखि २० अगस्टसम्म चल्नेछ । प्रतियोगिताको विजेता टिमले ९५०० डलर (करिब १२ लाख ४७ हजार रुपैयाँ) हात पार्नेछ ।

पछिल्लो अध्यावधिक: साउन २९, २०८० १८:५