close

यस्तो छ ईसेवाको अफिस

टेकपाना टेकपाना

चैत ६, २०७९ १६:४१

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो, ईसेवा। एफवान सफ्ट ग्रुपमार्फत १३ वर्षदेखि भुक्तानी उद्याेगमा क्रियाशील ईसेवाले सहरदेखि विकट वस्तीहरूमा विभिन्न किसिमका आर्थिक कारोबार गर्न सहज बनाएकाे छ ।

ईसेवाबाट हाल इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।

साथै भुक्तानीका अन्य सुविधाहरू क्रमिक रुपमा थप हुने चरणमा रहेको कम्पनीका चिफ म्यानेजर आशिष गौतमले बताए । हाल ईसेवामा ५२ ओटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

यो एपका प्रयोगकर्ता एन्ड्रोइडमा ५५ लाख र आईओएसमा १० लाख बढी रहेका छन् । साथै एक लाख ८५ हजार भन्दा बढी एजेन्ट नेटवर्क मार्फत ईसेवाका सेवा तथा सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

यसैबीच हामीले भुक्तानी सेवाप्रदायक ईसेवाको कार्यालय कस्तो छ, त्यहाँ कसरी काम हुन्छ भन्ने विषयमा यो भिडिओ तयार पारेका छौँ ।  

 

 

पछिल्लो अध्यावधिक: चैत ६, २०७९ १७:२६