close

बीवाईडी ईभी किन्न चाहनेलाई प्रभु बैंकले ऋण दिने

टेकपाना टेकपाना

चैत ९, २०७९ १२:१८

बीवाईडी ईभी किन्न चाहनेलाई प्रभु बैंकले ऋण दिने

काठमाडौं । बीवाईडी ब्रान्डको विद्युतीय गाडी खरिद गर्न चाहनेहरूका लागि अब प्रभु बैंकले कर्जा उपलब्ध गराउने भएको छ । यसका लागि हालै प्रभु बैंक र बीवाईडीको नेपालस्थित साइमेक्स इन्क प्रालिबीच एक सम्झौता भएको छ । 

सम्झौताअनुसार बैंकले आफ्ना देशभरका शाखाहरूबाट सहज रुपमा बीवाईडी ब्रान्डका सवारीसाधन खरिद गर्न कर्जा उपलब्ध गराउने छ । ​कुनै पनि बीवाईडी डिलरबाट सवारी खरिद गर्दा बैंकले ८० प्रतिशतसम्म कर्जा दिनेछ ।

सो कर्जा पाँच वर्षसम्मका लागि लिन मिल्छ । ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर बीवाईडीका एट्टो थ्री, ई सिक्स लगायतका गाडी किन्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ १२:१८