close

ग्यापुको चौंथो वार्षिकोत्सव अवसर, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

चैत २७, २०७९ १६:५९

ग्यापुको चौंथो वार्षिकोत्सव अवसर, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

काठमाडौं । ईकमर्श कम्पनी ग्यापु मार्केटप्लेसले आफ्नो स्थापनाको चौंथो वार्षिकोत्सव (ग्यापुभर्सरी) को अवसरमा नयाँ अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले सामान खरिदमा ८० प्रतिशतसम्मको छुट दिने घाेषणा गरेकाे छ ।

कम्पनीमार्फत सामान खरिद गरी माछापुच्छ्रे बैंकबाट डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म तथा १०८० रुपैयाँसम्म क्याशब्याक पाउन सकिने छ । इलेक्ट्रोनिक्स, होम अप्लायन्स, ब्युटी एण्ड हेल्थ, फेसन, मेड इन नेपाल  लगायतका सामग्रीहरूको खरिदमा छुट तथा क्याशब्याक योजना ल्याइएको कम्पनीका अपरेशन म्यानेजर अशोक कार्कीले जानकारी दिए ।

नगद छुट तथा फिर्ताका साथै कम्पनीले ग्राहकलाई विभिन्न 'गिफ्ट ह्याम्पर्स' दैनिक रुपमा जित्ने अफर पनि ल्याएकाे छ । कम्पनीका अनुसार नेपालमा सञ्चालित मुख्य मुख्य वालेटहरूमार्फत कारोबार गर्दा वा बिल तिर्दा हरेक दिन १०० प्रतिशतसम्मको क्याशब्याक पाउन सकिनेछ ।

यो अफर २८ चैत २०७९ देखि २ वैशाख २०८० सम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकले पाँच हजारभन्दा बढी सामानमा छुट पाउने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत २७, २०७९ १७:४१