close

टेलिकमको २५ एमबीपीएस इन्टरनेट लिने ग्राहकले अब सोही शुल्कमा ३० एमबीपीएस स्पिड पाउने

टेकपाना टेकपाना

चैत ३०, २०७९ ९:४९

टेलिकमको २५ एमबीपीएस इन्टरनेट लिने ग्राहकले अब सोही शुल्कमा ३० एमबीपीएस स्पिड पाउने

काठमाडौं । नेपाल टेलिकमको एक वर्षे एफटीटीएच तथा आईपीटिभी कम्बो प्याकेज अन्तर्गत २५ एमबीपीएस स्पिडको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकले अब सोही शुल्कमा ३० एमबीपीएस स्पिडको इन्टरनेट पाउने भएका छन् । कम्पनीले हालै ल्याएको स्प्रिङ अफर अन्तर्गत यो स्पिड अपग्रेड गरिएको हो ।

यसैगरी वार्षिक रु. १२ हजारमा एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई २० एमबीपीएसको इन्टरनेट, ३,००० हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

त्यस्तै डेटा सुविधामात्र उपलब्ध भएको एफटीटीएच प्याकेज (१० एमबीपीएस) अब वार्षिक आठ हजार रुपैयाँमा उपलब्ध हुनेछ । ​पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक छ हजार रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०७९ १०:८